काठमाडौं । काठमाडौं महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५
गतेसम्म काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा
महानगरपालिकाले पुरानो पुस्ताका चलचित्रकर्मीलाई सम्मान गर्दै नयाँ पुस्तामा कला, सीप र
अनुभव हस्तान्तरण गर्ने उद्देश्यले फिल्म फेस्टिभल आयोजना गर्न लागिएको जनाएको हो।
फेस्टिभलमा भारतीय चलचित्र उद्योगकी दिग्गज अभिनेत्री शबाना
आजमी, सांघाई फिल्म एकेडेमी तथा फिल्म आर्ट्स रिसर्च सेन्टरका
विशिष्ट प्राध्यापक मार्को मुलरलगायतको सहभागिता रहने महानगरपालिकाले जनाएको छ।
नेपाली चलचित्रको इतिहास र मौलिक कलाको संरक्षण गर्ने
उद्देश्यले फेस्टिभलमा सन् १९७० र १९८० को दशकका नेपाली कथानक चलचित्र ‘कुमारी’ र
‘के घर के डेरा’ को विशेष
प्रदर्शनसमेत गरिनेछ।
महानगरपालिकाका अनुसार फिल्म फेस्टिभलले पुराना चलचित्रको
संरक्षण, नेपाली चलचित्रको इतिहासको प्रवर्द्धन तथा नयाँ पुस्तालाई
चलचित्र कला र सिर्जनात्मक क्षेत्रमा प्रेरित गर्न योगदान पुर्याउने अपेक्षा
गरिएको छ।