काठमाडौँ । नेपाली सेनाले धादिङ र गोरखालाई जोड्ने
बूढीगण्डकी नदीस्थित आरुघाटमा बेलीब्रिज जडान गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण
गरेको छ।
असोज २५ गते आएको
बाढीले पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि जडान सुरु गरी
कात्तिक १ गते सम्पन्न गरेको हो।
९० फिट लामो र
१३.७८ फिट चौडाइको पुल सञ्चालनमा आएपछि स्थानीयको आवतजावत तथा बाढी प्रभावित
क्षेत्रमा राहत सामग्री र अत्यावश्यक वस्तुको ढुवानी सहज हुने विश्वास गरिएको छ।