मङ्गल, ११ कात्तिक २०८२ / October 28, 2025, Tuesday
मङ्गल, ११ कात्तिक २०८२
Advertisement
banner add

तिहार नजिकिएसँगै कालो बजारीमा चहलपहल सुरु

writter
बुध, २९ असोज २०८२
(Shares)

काठमाडौँ ।  तिहार नजिकिँदै छ । भाइटिका आउन अब दुई सातापनि बाँकी छैन । त्योसँगै बजारमा सामान किन्नेहरुको चहलपहल छ । भाइमसला, ओखर, नरिवललगायत तिहारलाई नभई नहुने सामानहरुले बजार भरिएको छ । के ती सामान यसैवर्ष आयात गरिएको हो ? होइन । ठूल्ठूला व्यापारीले पहिले नै सामान आयात गरेर राखेका हुन्छन् । 

तिहारको अवसर नजिकिँदै गर्दा बजारमा चहलपहल मात्र होइन, कालो बजार पनि सक्रिय हुन थालेको छ। पारम्परिक रूपमा, तिहारमा फूल, दियो, मिठाइ, गहना र अन्य उपहारको माग बढ्छ। यसै अवसरमा केही व्यापारिहरूले अनियमित र कालो बजार मार्फत अत्यधिक मूल्यमा सामान बेच्ने चलन बढाउँछन्।

विशेषगरी, गहना, टिकालगायतका सांस्कृतिक सामग्रीहरूमा अस्वभाविक मूल्य वृद्धि देखिन्छ। उपभोक्ताले सस्तो मूल्यमा सामान खोज्दा कालो बजारमा पुग्ने जोखिम बढ्छ। यसले सामान्य नागरिकको आर्थिक भार मात्र बढाउँदैन, बजारमा पारदर्शिता र विश्वासमा पनि नकारात्मक असर पुर्‍याउँछ।

सरकार र स्थानीय प्रशासनको जिम्मेवारी यही हो कि यस प्रकारको अनियमितता रोकथाम गर्न आवश्यक कदम चाल्नुपर्छ। बजार अनुगमन, मूल्य नियन्त्रण, र कानुनी कारबाहीमार्फत कालो बजारलाई नियन्त्रण गर्न सकिन्छ। त्यस्तै, उपभोक्ताले पनि सचेत भएर प्रमाणित पसलबाट मात्र किनमेल गर्नु आवश्यक छ।

ठूल्ठूला व्यापारीले सामान होलसेललाई बेच्छन् । त्यहीँ सामान होलसेलवालाले खुद्रा व्यापारीलाई बेच्ने हो । एकाध वर्षअघिदेखिको सामान बजारमा बिक्रीका लागि सामान राखिएको छ । वर्षौंअगाडि ल्याएर थन्काइएको सामान बोराबाट निकाल्ने अनि ससाना पोका बनाएर बेच्ने । त्यस्ता सामानहरु बजारमा छ्याप्छ्याप्ती भेटिन्छ । ससाना प्याकेटमा प्याक गरेर खान अयोग्य सामान बेच्न राखिएको छ । भाइ मसलामा भएका अधिकांश सामानहरु बिग्रिएका हुन्छन् । ओखरमा गुदी नै हुँदैन । अन्य ड्राइफुट्रस पनि सुकेको, कालो भइसकेको 

हुन्छ । पहिले सस्तोमा ल्याएको सामान व्यापारीहरुले मँहगोमा बेचिरहेका छन् । कतिपय पसलमा वर्षौंदेखि बाँकी भएको भाइमसला पनि बेच्न राखिएको छ । तिहार लागेसँगै मिठाई पसलहरुलाई पनि भ्याइनभ्याइ भएको छ । तिहारमा बेच्नका लागि पसलेहरुले धेरै अगाडिदेखि मिठाइ बनाउन थालेका छन् । बाहिर मिठाइ पसल छ भने भित्र उनीहरुको बनाउने स्थल ।

मिठाई बनाउने ठाउँ अत्याधिक फोहोर, दुर्गन्धित र मिठाई बनाउने व्यक्ति एकदमै फोहोरी हुन्छन् । मैलो गन्जी लगाएर चुरोट खाँदै मिठाई बनाएको अधिकांश मिठाइ पसलमा देखिन्छ । उहिलेदेखि बनाएर राखिएको मिठाई उपभोक्ताले तिहारमा खरिद गर्छन् । न उनीहरुलाई मिठाई कहिले बनेको भन्ने थाहा छ न कहाँ बनाएको ?

खुरुखुरु पैसा तिर्छन्, लैजान्छन् । जसले स्वास्थ्यमाथि हानि पुर्याउने जोखिम छ । मिठाई पसलेले चाडबाडको मौका छोपेर पैसा पनि बढी लिन्छन् । तिहारमा मांसजन्य पदार्थको उत्तिकै उपभोग हुन्छ । तर, त्यतिबेलै ठगीधन्दा चल्छ । व्यापारीहरुले खसीको मासु भनेर बाख्राको मासु बेच्छन् ।

राँगाको मासु भन्दै भैंसीको मासु बेचिन्छ । भाउ भने बाख्राको खसीसरह र भैसीको राँगासरह लिइन्छ । कुखुराको हकमा त सबैलाई थाहा नै छ । फर्ममा मरेका कुखुराहरु पनि काटेर बेचिन्छ । दूध र दही तिहारमा धेरै नै उपभोग हुन्छ । व्यापारीहरुले दुई लिटर दूधमा त्यति नै पानी हाल्छन् र पाउडर मिसाउँछन् ।

केमिकल नहालिकन उब्जाइएको फलफूल र तरकारी बजारमा भेटिँदैन । तिहारमा ब्रिकीका लागि छिटोछिटो पकाउन र ठूलो बनाउन फलफूलमा केमिकल हालिन्छ । घरेलु मदिरा खानेयोग्य छैन । रासायनिक मल, राँगाभैंसीको हड्डीलगायतका खान नहुने सामानहरु घरेलु मदिरामा प्रयोग गरिन्छ ।

यता, पसल वा सुपरमार्केटहरुमा बेच्न राखिएको रक्सीहरुमा राजश्व अनुसन्धान विभागले टाँसेको स्टिकर भेटिँदैन । व्यापारीहरुले चाडपर्वको मौका छोपेर उपभोक्ता ठगीरहेका छन् । तर, सरोकारवाला निकाय आँखामा पट्टी बाँधेर बसेका छन् । यता, उपभोक्ताले पनि आफ्नो हकअधिकारको प्रयोग गर्न जानेनन् ।

व्यापारीले आफूलाई ठग्यो कि ? कम तौलको सामान दियो कि ? खान अयोग्य सामान पो बेच्यो कि ? तोकिएको रेटभन्दा बढीमा 

सामान बेच्यो कि ? उपभोक्ताले सोच्दैनन् । सामान हालिदिनु भन्छन्, पैसा तिर्छन्, हिँड्छन् । उपभोक्ता नै यस्तो भएपछि व्यापारीको ठग्ने मनोबल बढ्नु स्वाभाविकै हो ।

सरकार भन्छ, सामान खरिद गरेपछि बिल लिऔं । तर, व्यापारी बिल दिँदैनन् भने उपभोक्ता पनि माग्दैनन् । बिल नभएपछि सामान बिग्रिएको भएतापनि उजुरी गर्न मिल्दैन । व्यापारीले उपभोक्ताले तिरेको पैसाको १० प्रतिशत राज्यलाई राजश्व तिर्नुपर्छ । उपभोक्ताले भ्याट बिल लिए भने राज्यले राजश्व पाउँछ ।

तर, अधिकांश व्यापारीले भ्याट बिल दिँदैनन् । जसका कारण राज्य राजश्वबाट वञ्चित भइरहेको छ । व्यापारीले एकातिर राज्य ठगिरहेका छन् भने अर्कोतिर जनता । फेरि यसमा राज्य र जनता नै मतियार हुन् । राज्य अनुगमन गर्दैन भने उपभोक्ता ठगिएपनि बोल्दैनन् । जनताहरु नेताले देश लुटे भनेर थाक्दैनन् ।

तर, आफू लुटिएको जनता देख्दैनन् । जनता शिक्षित भए तर उनीहरुमा चेतना नै आएन । व्यापारीहरु खुलेआम ठगिरहँदा उपभोक्ता चुपचाप हिँड्छन् । र, तीन तहकै सरकारले बजार अनुगमन गर्दैन । अनुगमनका लागि स्थानीय पालिका छ । संघ र प्रदेशअन्तर्गत विभिन्न निकाय छन् ।

तर, कुनै निकायले बजार अनुगमन गरेको पाइँदैन । सरकारले दशैंमा बजार अनुगमन गरे । तिहारमा पनि पारा त्यस्तै छ । यहाा त जुनसुकै सरकार बनेतापनि व्यापारीलाई छुनसमेत नसक्ने रहेछन् भन्ने देखिसकिएको छ । व्यापारीहरुलाई चाडबाड कमाउने मौका हो । वर्षभरको आम्दानी व्यापारीहरुले चाडपर्वमा गर्छन् ।

व्यापारीहरु चिप्लो घसेर हुन्छ कि नेताहरुको विरुद्ध बोलेर उपभोक्ता ठग्छन् । सरकारले कुनैपनि सामानको मूल्य निर्धारण गरेको छैन । व्यापारीलाई सामानको मूल्य तोक्ने अधिकार दिएको छ । व्यापारीलाई जति मनलाग्यो त्यति नै सामानको रेट तोक्छन् । र, उपभोक्ता त्यतिमै सामान खरिद गरेर प्रयोग गर्न बाध्य छन् ।

मान्छे हेरेर व्यापारीले सामान बेच्छन् । सोझो छ भने अरुलाई दोब्बर लिनेमा तेब्बर लिइन्छ । व्यापारीहरुले व्यापारको नाममा ठग्ने र लुट्ने काम मात्र गरेका छन् । उनीहरुको दाउ नै कसरी मुर्गा बनाऊ भन्ने हुन्छ । सल्लाघारीको तीनकुनेस्थित ट्रष्टको जग्गामा यत्तिकै लंगुरगुच्छा खेलिरहेको देखिन्छ । ग्रुपग्रुप बनाएर लगुरगुच्छा खेलाइन्छ ।

सिर्जनानगरस्थित यातायात कार्यालयअगाडि रहेको पिपलको बोटमूनि पनि लगुरगुच्छा खेलिरहेको देखिन्छ । सल्लाघारीमा प्रहरी बिट छ । तर, प्रहरीहरु देखेर पनि अनदेखा गरिदिन्छन् । यता, जिल्ला प्रशासन कार्यालय पनि छ । सिडियोले पनि यस्ता विषयमा ध्यान दिएको पाइँदैन ।

व्यापारीहरुले कालोबजारी गरेका छन् कि उपभोक्ता ठगेका छन् ? सिडियोलाई थाहा छैन । सिडियोको काम नै सरकारी गाडी चढ्ने, कार्यालयमा हाजिर गर्ने र गफ ठोकेर बस्ने भएको छ । गृह मन्त्रालयले बजार अनुगमन गर्न सिडियोहरुलाई निर्देशन दिँदैन । उद्योग मन्त्रालयको पारा पनि उस्तै छ ।

ओमप्रकाश अर्याल गृहमन्त्री बनेको पनि महिनादिन भयो । कालोबजारी गर्नेहरुको सामुन्ने उनी निरीह छन् । उनी आएपछि नेपालीहरुको महान चाड दशैं आयो । तर, विगतमा भन्दा केही परिवर्तन देखिएन । व्यापारीहरुले ठगे, सरकार टुलुटुलु हेरिरह्यो । अहिले तिहार छ । तिहारमा पनि बजार अनुगमन हुने छाँटकाँट देखिँदैन ।

नेपालीमा एउटा उखान छ, जुन जोगी आएपनि कानै चिरेको । त्यस्तै अवस्था छ सरकारको । ठग्नेहरुलाई सरकारले नै संरक्षण गरिरहेको देखिन्छ । नत्र उपभोक्ता ठगिरहँदा सरकार के हेरेर बसेको छ ? राजश्व छल्ने र उपभोक्ता लुट्नेलाई सरकारले कारबाही गर्नुपर्छ कि पर्दैन ? वर्तमान सरकारबाट पनि कुनै परिवर्तन हुने संकेत देखिँदैन ।

कालोबजारी गर्ने, राजश्व छल्ने र सिण्डिकेट लगाउनेहरु झन् शक्तिशाली हुँदै गएका छन् । सरकार उनीहरुको अगाडि निरीह छ । जनताले देशमा सरकार छ र भन्नुपर्ने अवस्था छ । किन कि, जनताले सरकार भएको महसुश गर्न सकेका छैनन् । तिहारसँगै देउसी भैलो आउँदैछ ।

गृहमन्त्री अर्यालले देउसी भैलो र लगुरगुच्छालाई कडाइ नगर्ने हो भने अर्को ठूलो दुर्घटना हुन्छन् । यसमा सरकारको ध्यान जाओस् 

ads

सम्बन्धित खबर