सोम, ११ जेठ २०८३ / May 25, 2026, Monday
सोम, ११ जेठ २०८३
Advertisement
banner add

स्थानीय उत्पादन प्रवर्द्धन गर्न धनकुटामा प्रदर्शनी

banner add
writter
बुध, ०७ साउन २०८२
(Shares)

धनकुटा नगरपालिकाले स्थानीय उत्पादनहरूको प्रवर्द्धन गर्न आयोजन गरेको एकदिने प्रदर्शनीले कृषक तथा स्थानीय उद्यमीहरूमा उत्साह थपेको छ। एभोकाडोलगायत विविध स्थानीय उत्पादनको प्रदर्शनी नगरपालिकाको प्रांगणमा आयोजना गरिनु, समृद्ध स्थानीय अर्थतन्त्र निर्माणतर्फको सकारात्मक संकेत हो।

पूर्वराज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईद्वारा उद्घाटन गरिएको उक्त प्रदर्शनीमा सांसद, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति र समर्थनले कार्यक्रमलाई थप ऊर्जा प्रदान गरेको देखिन्छ।

आजको अवस्थामा कृषिमा आधारित उत्पादनलाई प्रोत्साहन गर्नु मात्र विकल्प नभएर आवश्यकता पनि हो। स्थानीय स्तरमा उत्पादन हुने वस्तुहरूको बजार सुनिश्चित गरिँदा मात्रै आत्मनिर्भरता सम्भव हुन्छ।

धनकुटा नगरपालिकाको यस प्रयासले अन्य स्थानीय तहहरूलाई पनि यस्तै कार्यक्रममार्फत आफ्ना किसान, उत्पादक र उद्यमशीलतालाई उर्जा दिने बाटो देखाउनेछ भन्ने अपेक्षा गर्न सकिन्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर