बिहि, १४ साउन २०८३ / July 30, 2026, Thursday
बिहि, १४ साउन २०८३
Advertisement
banner add

प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ

banner add
writter
बिहि, १४ साउन २०८३
(Shares)

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो। सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा पन्तलाई नियन्त्रणमा लिइएको हो। उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

अनुसन्धानका अनुसार रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको आशंकामा पन्तमाथि छानबिन अघि बढाइएको छ। सोही प्रकरणमा कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल पनि अनुसन्धानका क्रममा सीआईबीको हिरासतमा रहेका छन्।

प्रभु बैंकले उक्त कम्पनीलाई ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणपछि कर्जा प्रवाहमा भएको अनियमितता उजागर भएको सीआईबी स्रोतले जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर