बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

कांग्रेस एमालेलाई सरकारमा बस्ने अधिकार छैन : पूर्वप्रधानन्यायाधीश कार्की

banner add
writter
सोम, २३ भदौ २०८२
(Shares)

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले बर्बरतापूर्वक गोली प्रहार गरी अमानवीय र घृणित काम गरी सरकारले आफ्नो तानाशाही रुप देखाएको उल्लेख गर्दै तानाशाही सरकारविरुध्द आवाज उठाउन आग्रह गरेकी छिन् । उनले ‘आतंककारी सरकार’को टोलीलाई सरकारमा बस्ने अधिकारसमेत नभएको जिकिर गरेकी छिन् ।

सोमबारको घटनापछि पूर्व प्रधानन्यायाधीश कार्कीले बाह्रखरीलाई पठाएको प्रतिक्रियामा सरकारले संयमता नपआएका कारण दुःखद भएको इतिहासमा कालो दिनका चित्रण हुने टिप्पणी गरेकी छिन् ।

यस्तो छ कार्कीको प्रतिक्रिया : आजको दिन निश्चय नै इतिहासको पानामा कालो दिनको रुपमा स्थापित हुनेछ । ‘हामीलाई संविधानले प्रदान गरेको स्वतन्त्रता देऊ, समानता देऊ, रोजगारी देऊ, हाम्रा अभिभावकहरूलाई नेपालमा बस्ने वातावरण बनाई रोजगारी देऊ, सामाजिक सन्जाललाई बन्द नगरी देऊ, देशमा भएको व्यापक भ्रष्टाचार अन्त्य गर’ भनी संविधानसम्मत् माग कलिला विद्यार्थीहरूले राखेका थिए । शान्तिपूर्ण प्रदशर्नीमा एकाएक गोली प्रहार गरी बर्बरतापूर्ण तरिकाबाट भविष्यका कर्णाधार विद्यार्थीहरूमाथि निहायत गोली प्रहार गरी हत्या गरिएकामा असह्य वेदनाको महसुस हुनु स्वभाविक हो । 

यस्तो अमानवीय घटना त राणाकालीन इतिहासमा पनि पढ्न पाइएको छैन । प्रत्येक नेपाली आमाहरूलाई यो घटनाले मर्माहात बनाउनु स्वभाविक हो । तसर्थ, म पनि एउटी आमा भएका नाताले आफूमाथि परेको बज्रपात नै सम्झिएकी छु । म सन्तान गुमाउने आमाहरूका साथमा सदैव हुनेछु । 

प्रहरीद्वारा मारिने कलिला युवाहरूलाई आफ्नै सन्तान सम्झेर ती आमा ज–जसले सन्तान गुमाएका छन्, तिनको हकमा सदैव मेरो साथ रहने छ । यो आतंककारी ज्यानमारा सरकारको टोलीलाई अब सरकारमा बस्न कुनै अधिकार छैन । यिनलाई कानुनी कारबाहीको कठघरामा खडा गरी कारबाही गर्न जरुरी छ । 

यिनले यो घटनाबारे यो र त्यो भनी प्रष्टीकरण दिने कुनै आधार पनि देखिँदैन किनकि छात्र–छात्रहरू निहत्था थिए । जुलुस अघि बढ्दा रोक्ने उपाय त पानीको फोहोरा वा प्रहरीको व्यारिएर खडा गर्ने जस्ता कैयौँ उपाय थियो ।

यस्तो बालबालिकाहरू संलग्न भएको आन्दोलनमा सरकारले अत्यधिक संयमता अपनाउनुपर्छ भनी संयुक्त राष्ट्र संघ मानव अधिकार आयोगले समेतले सचेत गर्दागर्दै पनि सरकारले बर्बरतापूर्वक गोली प्रहार गरी अमानवीय र घृणित काम गरी आफ्नो तानाशाही रुप देखाएको छ ।

यस्तो अवस्थामा देशका प्रत्येक सचेत नागरिकहरूले एकतावध्द भई तानाशाही सरकारविरुद्ध आवाज उठाउन अनुरोध गर्दछु ।

ads
ads
add
banner add

सम्बन्धित खबर