बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध भ्रष्टाचार र अनियमितताको उजुरी

banner add
writter
आइत, ०५ असोज २०८२
(Shares)

काठमाडौँ, ५ असोज २०८२ – जेन जि नेपाल वायुसेवा निगमले वर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध भ्रष्टाचार, अनियमितता र निगम दोहनको उजुरी प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयमा दर्ता गरेको छ।

निवेदनमा उल्लेख छ कि युवराज अधिकारीले आफ्नो कार्यकालको अन्त्यतिर दुईवटा वाइडबडी जहाजको इन्जिन मर्मतको लागि ८ अर्ब रुपैयाँको टेन्डर प्रक्रिया नगरी गोप्य सम्झौता गरी रोल्स रोयस कम्पनीसँग सिंगापुरमा बैठक गरी एनडीए (Non-Disclosure Agreement) अन्तर्गत अपारदर्शी प्रक्रिया अपनाएका थिए। यसले कानूनी र पारदर्शी प्रक्रिया पालन नगरेको आरोप लगाइएको छ।


त्यस्तै, अन्तर्राष्ट्रिय टिकट बिक्रीमा केही ट्राभल एजेन्टहरूसँग मिलेमतो गरी करोडौँ रकम असुली र लुटको आरोप समेत लगाइएको छ। निगमका अन्तर्राष्ट्रिय स्टेशनहरूमा नियुक्त General Sales Agent (GSA) सम्बन्धी घोटालाप र प्रभावकारी अनुगमनको अभावले करोडौँ घाटा पुगेको उजुरीमा जनाइएको छ।

निवेदनमा भनिएको छ कि एयरबस ३२० जहाजको मर्मत समयमा नपुगेका कारण यात्रुहरू विचल्ली भएका र निगमलाई करिब १ अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको छ। साथै भाडाको इन्जिन प्रयोग गर्दा दैनिक १० लाख भन्दा बढी घाटा भइरहेको छ। एयरबस ३३० जहाजको नियमित मर्मत कार्य समयमा नपठाईएका कारण निगमलाई करोडौँको नोक्सान भएको पनि आरोप लगाइएको छ।

कर्मचारी सेवा शर्तसम्बन्धी विनियमावलीको ढिलाइ, पाइलट व्यवस्थापनमा कमजोरी र आफ्ना निकट व्यक्तिहरूलाई करारमा भर्ति गरी ठूलो रकम असुल गरेको उजुरीमा उल्लेख गरिएको छ।

जेन जि आन्दोलनका संयोजक सुदन गुरुङ र मुख्य सचिव एक नारायण अर्यालको बोधार्थमा पेश गरिएको यो निवेदनमा प्रधानमन्त्रीसँग तत्काल युवराज अधिकारीलाई निलम्बन गरी छानबिन र आवश्यक कारबाहीको माग गरिएको छ।

नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित नियामक निकायले यस विषयमा छानबिन गरी आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर