काठमाडौं । ऊर्जामन्त्रीमा नियुक्त कुलमान घिसिङले आज पदभार ग्रहण गर्नुभएको छ । मन्त्रालयमा आयोजित औपचारिक कार्यक्रममा उनले पदभार सम्हाल्दै आगामी दिनमा ऊर्जा क्षेत्रलाई थप प्रभावकारी र पारदर्शी बनाउन प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री घिसिङले जलविद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई अझ सबल बनाउने, निजी क्षेत्रलाई प्रोत्साहन दिने र ऊर्जा नीतिलाई दीर्घकालीन दृष्टिकोणसहित अघि बढाउने अठोट व्यक्त गर्नुभयो । साथै, उनले ऊर्जा सुरक्षा, नवीकरणीय ऊर्जाको प्रवर्द्धन तथा ग्रामीण क्षेत्रमा बिजुलीको पहुँच विस्तारलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो ।