बिहि, ०३ मंसिर २०८३ / November 19, 2026, Thursday
बिहि, ०३ मंसिर २०८३
Advertisement
banner add

उपत्यकामा लागूऔषध कारोबार गर्ने चार जना पक्राउ, ८८ ग्राम खैरो हेरोइन बरामद

banner add
writter
बिहि, ०३ मंसिर २०८३
(Shares)

काठमाडौं । काठमाडौं उपत्यकालाई केन्द्रबिन्दु बनाएर लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा उनीहरूलाई खैरो हेरोइन ८८ ग्रामसहित पक्राउ गरेको हो।

ब्यूरोका अनुसार २०८३ कात्तिक ३० गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१२ र ललितपुर महानगरपालिका–१५ बाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का २७ वर्षीय समीर तामाङ, दोलखाको शैलुङ गाउँपालिका–२ का ३० वर्षीय दिनेश वाइबा, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ का २० वर्षीय राज ससाइली तथा भारत बिहारको मधुवनी जिल्ला निवासी २२ वर्षीय कमलेश कुमार साह रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ८८ ग्राम खैरो हेरोइन, लागूऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु दुई थान, नगद २ लाख ८० हजार रुपैयाँ र मोबाइल फोन चार थान बरामद गरेको जनाएको छ।

ब्यूरोका अनुसार पक्राउ परेका राज ससाइली ललितपुरको थापाखेलस्थित जेम्स स्कुलको बस चालक रहेको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर