आइत, २२ चैत २०८२ / April 5, 2026, Sunday
आइत, २२ चैत २०८२
Advertisement
banner add

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गोबिन्द पन्थीको नाम चर्चा

banner add
writter
शुक्र, २७ भदौ २०८२
(Shares)

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएसँगै उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ ।

जसमा कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले उनका निकट सहयोगी तथा पूर्व डिएसपी, अधिवक्ता गोबिन्द पन्थीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्री पदमा नियुक्ति गर्न सक्ने चर्चा सार्वजनिक भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा हाल गोबिन्द पन्थीको नाम चर्चामा आएको समाचार बाहिरिएको छ। नयाँ सरकार विस्तारको क्रममा श्रम क्षेत्रमा अनुभव भएका व्यक्तिहरूलाई प्राथमिकता दिने तयारी भइरहेको जनाइएको छ।

विपक्षीहरूले यस विषयमा संसदमा बन्द र बहिष्कार गरेका थिए। पूर्व वैदेशिक रोजगारका डिजीका अनुसार, पन्थी जस्ता वैदेशिक रोजगारी र आप्रवासन प्रक्रियामा ज्ञान राख्ने अधिकारी कमै भएका छन्।

 पन्थी हाल अधिवक्ताको रूपमा भ्रष्टाचारविरुद्ध अभियन्ता हुन् र न्यायको पहुँचमा समस्या पर्नेहरूलाई निशुल्क कानुनी सेवा प्रदान गर्दै आएका छन्। यही कारणले उनी हाल GEN Z मा समेत चर्चामा छन्।

कार्की निकट स्रोतका अनुसार गोबिन्द पन्थीको मन्त्री पदमा औपचारिक घोषणा अझै बाँकी छ। स्रोतले भनेका छन्, पन्थीको अनुभव, प्रशासनिक दक्षता र कानूनी पृष्ठभूमि हेर्दा उनको नियुक्ति अपेक्षित र समीक्षायोग्य मानिएको छ। यदि पन्थी नियुक्त भए, यसले सरकारलाई श्रम, रोजगार र सामाजिक सुरक्षा क्षेत्रमा नीति सुधार र कार्यान्वयनमा बल पुर्‍याउने विश्वास गरिएको छ।

विशेषगरी वैदेशिक रोजगार व्यवस्थापन, सामाजिक सुरक्षा कोष सुदृढीकरण र श्रमिक–नियोक्ता सम्बन्ध सुधार जस्ता चुनौतीहरूलाई ध्यानमा राखेर पन्थीलाई सम्भावित मन्त्रीको रूपमा चर्चा गरिएको बताइन्छ।

कार्की निकट स्रोतका अनुसार पन्थीको नाम यस मन्त्रालयका लागि सबैभन्दा अग्रणी विकल्पको रूपमा रहेको बताइएको छ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर