बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

सम्पर्कविहीन २० प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रधान कार्यालयको आग्रह

banner add
writter
बुध, ११ भदौ २०८२
(Shares)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि सम्पर्कविहीन रहेका २० प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

प्रधान कार्यालयको कानुन शाखाले मंगलबार जारी गरेको सूचनामा उनीहरू लामो समयदेखि गैरहाजिर रहेको उल्लेख गर्दै तोकिएको समयभित्र हाजिर हुन भनिएको हो।

गैरहाजिर हुनेमा एक असई, एक हवल्दार, चार सहायक हवल्दार, दुई कार्यालय सहयोगी, एक प्रविधि प्रहरी जवान र बाँकी सबै प्रहरी जवान रहेका छन्।

तोकिएको समयभित्र सम्पर्कमा नआएमा उनीहरूलाई प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) बमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी प्रधान कार्यालयले दिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर