आइत, २२ चैत २०८२ / April 5, 2026, Sunday
आइत, २२ चैत २०८२
Advertisement
banner add

गृहमन्त्री अर्यालद्वारा पदबहाली

banner add
writter
सोम, ३० भदौ २०८२
(Shares)

काठमाडौं । नयाँ नियुक्त गृहमन्त्री अर्यालले आज औपचारिक कार्यक्रमकाबीच पदबहाली गर्नुभएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उहाँले पद बहाली गर्नुभएको हो । 

अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले जिम्मेवारी सम्हाल्दै शान्ति सुरक्षा, सुशासन र कानुनको प्रभावकारी कार्यान्वयनलाई प्रमुख प्राथमिकता दिने घोषणा गर्नुभयो ।

गृहमन्त्री अर्यालले मुलुकभर बढ्दै गएको अपराध नियन्त्रण, सीमापार सुरक्षा, आपत्–व्यवस्थापन र प्रशासनिक सुधारलाई जोडका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । साथै, उहाँले संघीय संरचनाअनुरूप स्थानीय तहसम्म गृह प्रशासनलाई अझ चाँडो, पारदर्शी र जनमैत्री बनाउन पहल गर्ने अठोट व्यक्त गर्नुभयो ।

ads
ads
add
banner add

सम्बन्धित खबर