मङ्गल, ०२ मंसिर २०८२ / November 18, 2025, Tuesday
मङ्गल, ०२ मंसिर २०८२
Advertisement
banner add

स्थानीय सरोकार: सूर्योदय नगरपालिकाका नगर प्रमुखसँगको प्रत्यक्ष कुराकानी जीजन शर्माको साथमा

writter
सोम, ०१ मंसिर २०८२
(Shares)

स्थानीय सरोकार: विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने मुल नाराका साथ प्रषारण भैरहेको कार्यक्रम स्थानीय सरोकार हरेक दिन बिहान ६:३० देखि ७:०० बजे  सम्म रेडियो आहा 104.5 MHz , www.radioaaha.com, सामाजिक सञ्जाल फेसबुक/रेडियो आहा, youtube, टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा संसारभर एकैसाथ सुन्न सकिन्छ ।

सूर्योया नगरपालिकाका नगर प्रमुख रण बहादुर राईसँगको अन्तरकृयात्मक कार्यक्रममा रेडियो आहा 104.5 MHzमा प्रस्तोता जीवन शर्मासँगले गर्नु भएको हो ।

यस नगरपमदिकाको आर्थिक बर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्क्कन (लिजा), स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरे) र महालेखापरीक्षकको बासट्ठिऔँ  वार्षिक प्रतिवेदन, २०८२ अनुसूची २१ को (१) (२) र (3) कस्तो नतिजा हासिल गर्दै आएको छ? यस पालिकामा अवश्वर र चुनौतीहरु के-के छन्?

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अनुसूची ८ मा २२ वटा एकल अधिकार स्थानीय सरकारलाई दिएको छ । आम नागरिकहरु, स्थानीय निकायमा भैरहेको काम कर्तव्य प्रति त्यति धेरै खुसी भएको पाइदैन! याँहाको पालिकाको सेवा प्रभाव कस्तो छ ? विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा भावी योजना र रणनितिहरु के- कसरी अगाडी बढाएर यस पिक्कल गाउँपालिका अगाडी बढेको छ? 
यीनै बिषयको पेरीफेरीमा रहेर कुराकनी गरिएको थियो ।

- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अनुसूची ८ मा २२ वटा एकल अधिकार स्थानीय सरकारलाई दिएको छ । आम नागरिकहरु, स्थानीय निकायमा भैरहेको काम कर्तव्य प्रति त्यति धेरै खुसी भएको पाइदैन! याँहाको सूर्योदय नगरपालिकाको सेवा प्रभाव कस्तो छ ?

सूर्योदय नगरपालिका विगत केही वर्षयता पूर्वी पहाडी क्षेत्रमा तीव्र गतिमा अगाडि बढिरहेको स्थानीय तहका रूपमा पहिचान बनाउँदै आएको छ।

स्थानीय सेवाहरूको पहुँच विस्तार, विकास योजनाहरूको दीर्घकालीन खाका तथा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने परम्परामा जोड यी सबैले नगरपालिकालाई एक सक्रिय र जवाफदेही निकायका रूपमा चिनाइरहेका छन्। 

विकासलाई ‘दृष्टिकोणसहितको निरन्तरता’ का रूपमा व्याख्या गर्दै, केवल संरचना निर्माणमा सीमित नभई मानिसको जीवनस्तरमा देखिने परिवर्तनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। उनका अनुसार, शिक्षा, स्वास्थ्य सेवा, खानेपानी, सडक जस्ता आधारभूत सुविधामा गुणस्तरीयता स्थापना नगरपालिकाको मूल एजेण्डा हो। यी बुँदाहरू साँच्चिकै नगरवासीका प्राथमिक सरोकार र आवश्यकताको केन्द्रमा पर्छन्, जसलाई स्थानीय सरकारको संवेदनशीलतामा राखिएको देखिनु सकारात्मक पक्ष हो।

अहिले देश विकास, समृद्धि र पुनःनिर्माणको यात्रामा अघि बढिरहेको सन्दर्भमा स्थानीय सरकारहरू त्यस यात्राका मूल आधारस्तम्भ बनेका छन्।

२०७४ सालमा स्थानीय निकाय पुनःगठन भएपछि पहिलो पटक जनप्रतिनिधिहरूले गाउँपालिका, नगरपालिका र महानगरपालिकामा नीति–निर्णय गर्ने अधिकार पाए। त्यसपछि ग्रामीण बाटोदेखि खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, कृषि, पर्यटन, साना उद्योग र सामुदायिक विकासका कामहरूमा स्थानीय सरकारको सक्रियता उल्लेखनीय रूपमा बढेको छ।

विकास र निर्माणमा स्थानीय तहको भूमिका केवल पूर्वाधार निर्माणमा सीमित छैन। स्थानीय सरकारले योजना निर्माणमा समुदायको सहभागिता बढाएर विकासलाई जनमुखी र दिगो बनाउन सहयोग गरेको छ। उदाहरणका रूपमा, वडास्तरमै सडक, पुल, सिँचाइ, विद्यालय र खानेपानीका योजनाहरू प्राथमिकता अनुसार कार्यान्वयन भइरहेका छन्। यसले स्थानीय रोजगारी सिर्जना गरेको छ र ग्रामीण अर्थतन्त्र चलायमान बनेको छ।

- नगरपालिकाको हक हितका लागी के कस्ता परियोजनाहरु कसरी अगाडी बढाएको छ।त्यसै गरी सूर्योदया नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्क्कन (लिजा, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरे) र महालेखापरीक्षकको बासट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८२ अनुसूची २१ को (१), (२) र (3) अनुरुप कति प्रतिशत नतिजा ल्यएर यस पालिकाले काम गरिरहेको छ ?

संघीय शासन प्रणाली कार्यान्वयनपछि स्थानीय तहहरू राष्ट्रको विकासको मुख्य आधारस्तम्भका रूपमा स्थापित भएका छन् । स्थानीय सरकार अन्तर्गत नागरिक नजिकको शासन इकाई भएकाले जनताको दैनिकी, सुविधा, सेवा र अधिकारसँग प्रत्यक्ष सम्बन्ध राख्छ। त्यसैले पालिकाको प्रमुख जिम्मेवारी भनेकै स्थानीय हक–हितको रक्षा गर्दै विकास, समृद्धि र सेवा प्रवाहलाई सन्तुलित रूपमा अगाडि बढाउनु हो।

हाल देशभरका पालिकाहरूले आफ्ना स्रोत–साधन र प्राथमिकताका आधारमा विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएका छन्। यी परियोजनाहरूको उद्देश्य केवल भौतिक पूर्वाधार निर्माण होइन, सामाजिक र आर्थिक रूपान्तरण पनि हो। 

 -पूर्वाधार र निर्माणमुखी परियोजनाहरूलाई कसरी अगाडी कढाइएको छ?

पालिकाले आफ्नो क्षेत्रको हक–हितका लागि पहिलो प्राथमिकतामा भौतिक पूर्वाधार विकास राखेको देखिन्छ। गाउँ–गाउँमा सडक विस्तार, पुल निर्माण र आवागमन सहज बनाउने काम तीव्र गतिमा अघि बढाइएको छ।

खानेपानी, सिँचाइ र सरसफाइका परियोजनाले ग्रामीण जीवनस्तरमा सुधार ल्याइरहेका छन्।वैकल्पिक ऊर्जाको प्रयोग र ग्रामीण विद्युतीकरणले दुर्गम बस्तीमा उज्यालो पुगेको छ। यी परियोजनाहरूले जनताको दैनिक जीवनमा प्रत्यक्ष परिवर्तन ल्याएका छन्, जसले स्थानीय विकासमा स्थायित्व प्रदान गरेको छ।

-कृषि, रोजगारी र आयमुखी परियोजनाहरू के- के छन् ?

स्थानीय तहको आर्थिक बलियोपन कृषि र पशुपालनमा निहित हुन्छ। नगरपालिकाले स्थानीय किसानलाई आधुनिक कृषि प्रविधि, उन्नत बीउ, सिँचाइ सुविधा र कृषि सहकारी प्रवर्द्धनमार्फत सहयोग पुर्‍याएको छ। युवा वर्गलाई सीपमूलक तालिम, साना उद्योग सञ्चालन र उद्यमशीलतामा जोड दिइँदैछ। यसले गाउँभित्रै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा निर्भरता घटाउने लक्ष्य लिएको छ।

-शिक्षा, स्वास्थ्य र सामाजिक उत्थानका परियोजनाहरू गाउँपालिकाले विद्यालय भवन निर्माण, शिक्षक अभाव पूर्ति, छात्रवृत्ति वितरण र बालमैत्री विद्यालय स्थापना जस्ता योजनाहरू अघि सारेको छ?

स्वास्थ्य क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र, औषधि वितरण र मातृ–शिशु स्वास्थ्य सेवा विस्तारमा विशेष ध्यान दिइएको छ। त्यसैगरी, महिला, दलित, अपांगता भएका व्यक्ति र विपन्न समुदायका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी सामाजिक न्यायको अभ्यास गर्दै आएको छ।

सुशासन, पारदर्शिता र जनसहभागितामुखी परियोजनाहरूलाई कसरी अगाढी बढाइएको छ ।नगरवासिको हक–हित सुरक्षित राख्नका लागि सुशासन र पारदर्शिता अत्यावश्यक हुन्छ। त्यसैले धेरै गाउँपालिकाले अहिले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) र वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) लागू गरेका छन्।यसले बजेट व्यवस्थापन, योजना अनुगमन र वित्तीय उत्तरदायित्वमा सुधार ल्याएको छ।जनसुनुवाइ, सामाजिक लेखा परीक्षण र नागरिक परामर्श प्रणालीमार्फत स्थानीय सरकार जनताप्रति बढी उत्तरदायी बन्दै गएको छ।

-  आर्थिक आन्तरिक स्रोतको हिसाबले, सूर्योदया नगरपालिकाको आन्तरिक राजश्व कति छ?  योजना छनोट गर्दा, स्थानीय नागरिकहरुको सहभागितालाई कसरी सुनिश्चित गर्दै आउनु भएको छ ?

सूर्योदय नगरपालिकालले पछिल्ला वर्षहरूमा आन्तरिक स्रोत परिचालनमा उल्लेखनीय प्रगति गरेको छ। पालिकाको वार्षिक आन्तरिक राजस्वमध्ये प्रमुख स्रोतहरूमध्ये यहाँ चिया बगान एवम् साना उद्योग सञ्चालनमा रहेका छन्, घरजग्गा कर, व्यवसाय दर्ता शुल्क, यातायात कर, बजार व्यवस्थापन शुल्क, र सेवा शुल्क महत्त्वपूर्ण छन्।मसँग अहिले एकिन डेटा त ठ्याकै उपलब्ध तथ्यांक त छैन यद्यपि आन्तरिक राजस्व अघिल्ला वर्षहरूमा क्रमशः वृद्धि हुँदैछ ।

योजनाको छनोटका क्रममा पालिकाले स्थानीय नागरिकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने अभ्यासलाई प्राथमिकतामा राखेको छ। वडा तहमा आयोजित खुला बजेट तथा योजना तर्जुमा सभा, नागरिक मञ्च, उपभोक्ता समिति गठन, र सामाजिक लेखापरीक्षणजस्ता अभ्यासहरूले जनताको आवाजलाई योजना छनोटमा समेट्ने बाटो खोलिदिएको छ।

स्थानीय विकास योजनाको प्राथमिकता निर्धारण गर्दा महिला, दलित, विपन्न तथा सीमान्तकृत समुदायको सहभागिता अनिवार्य बनाइएको छ। यसरी योजनाको तयारीदेखि कार्यान्वयनसम्म नागरिक संलग्नताले फिक्कल गाउँपालिकाको विकास योजनालाई थप पारदर्शी, जिम्मेवार र स्थानीय आवश्यकतामै आधारित बनाएको छ।

- सूर्योदय नगरपालिकाको मुख्य समस्या र चुनौतिहरु के के छन् ?

सूर्योदय नगरपालिकाको प्रमुख चुनौती इलामको चियालाई अन्तराष्ट्रिय बजारीकरण गर्न नसक्नु हो। 

सूर्योदय नगरपालिका नामले जति आशा र उज्यालो बोकेको छ, व्यवहारमा त्यति नै चुनौतीहरूको घेराभित्र उभिएको स्थानीय तह हो। पूर्वी पहाडको सुन्दर भू–बनोट, कृषि सम्भावना, सांस्कृतिक विविधता—यी सबैले नगरलाई अवसरले भरिपूर्ण देखाउँछन्। तर नगरवासीको दैनिक जीवन अझै समस्याले गाँजिएको छ। विकासका योजनाहरू ‘कागजमा मात्र’ सीमित हुनु र कार्यान्वयनमा निरन्तरता नहुनु स्थानीय तहको स्थायी दुर्बलता बनेको छ।

सबैभन्दा पहिला, भौगोलिक कठिनाइ नगरको मूल चुनौती हो। पहाडी संरचनाका कारण सडक, खानेपानी, ढल तथा अन्य आधारभूत पूर्वाधार निर्माण महँगो र जटिल बन्ने गरेको छ। प्रत्येक वर्षको वर्षामा पहिरोले सडक अवरुद्ध हुँदा सेवा–सुविधाको पहुँच प्रभावित हुन्छ। यस्तो अवस्थामा पूर्वाधारलाई केवल निर्माण होइन, दीगो रूपमा दिगोपनासहित कसरी सुरक्षित राख्ने भन्ने प्रश्न अझै स्पष्ट हुन सकेको छैन।

त्यसपछि, स्थानीय तहमा धेरै छलफल भए पनि खानेपानी र सरसफाइ अझै समान रूपमा पहुँचयोग्य छैनन्। केही वडामा पानीको मात्रा अपुग छ भने कतै गुणस्तर कमजोर छ। नगर विस्तारसंगै फोहोर व्यवस्थापन पनि जटिल बन्दै गएको छ, तर दीर्घकालीन समाधान ल्याउने पहल अपेक्षित स्तरमा देखिन्न।

नगरको पहिचानसँग जोडिएको अर्को गम्भीर विषय कृषि आधुनिकीकरणको कमी हो। चिया, अदुवा, तरकारी—यी सबै उत्पादनसँग सूर्योदयको नाम जोडिए पनि किसान अझै आधुनिक प्रविधि, बजार पहुँच र उचित मूल्य प्रणालीबाट टाढा छन्। बिचौलियाको दबदबा तोड्न सकिने सहकारी–आधारित बजार संरचना अझै परिपक्व हुन सकेको छैन।

बढ्दो शहरीकरणले ल्याएको दवाब पनि उत्तिकै चुनौतीपूर्ण छ। अनियमित प्लटिङ, अनियोजित निर्माण, सडकमा बढ्दो चाप र फोहोरको प्रबन्ध ।यी सबैले नगरलाई योजनाबद्ध विस्तार होइन, ‘आकस्मिक व्यवस्थापन’ शैलीमा धकेलिरहेका छन्। समग्र नगरका लागि एकीकृत तथा कार्यान्वयन योग्य ‘सहर योजना’ को आवश्यकता तीब्र छ।

यो कार्यक्रमको मूल उद्देश्य स्थानीय तहमा भइरहेको विकास निर्माण, सेवा प्रवाह, सुशासन र जनताको सहभागिताबारे सार्थक संवाद स्थापना गर्नु हो।

 स्थानीय सरकार देशको मूल इकाइ हो, जसको सक्रियता र जवाफदेहिताले मात्र स्थायी विकासको मार्ग प्रशस्त गर्न सक्छ।

पूरा कार्यक्रम : स्थानीय सरोकार अन्तरकृयात्मक कार्यक्रम रेडियो आहा 104.5 MHz , www.radioaaha.com , सामाजिक सञ्जाल फेसबुक/ रेडियो आहा,  youtube, टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा लगिन गरी संसारभर एकैसाथ सुन्न सकिन्छ। 

 

ads

सम्बन्धित खबर