शुक्र, ०२ असोज २०८३ / September 18, 2026, Friday
शुक्र, ०२ असोज २०८३
Advertisement
banner add

सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत वली पक्राउ

banner add
writter
बिहि, ०१ असोज २०८३
(Shares)

काठमाडौं । सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नापी अधिकृत पक्राउ परेका छन् ।

सेवाग्राहीबाट ९ लाख रुपैयाँ घुस लिँदै गर्दा नापी अधिकृत पक्राउ परेको घटना केवल एक कर्मचारी पक्राउ परेको विषयमा सीमित छैन। यसले सार्वजनिक सेवा प्रवाह, प्रशासनिक जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ।

नापी, मालपोतजस्ता कार्यालय नागरिकको जग्गा तथा सम्पत्तिसँग प्रत्यक्ष जोडिएका संवेदनशील निकाय हुन्। यस्ता कार्यालयमा सेवाग्राहीले कानुनी प्रक्रिया पूरा गरेर सेवा लिनुपर्ने हो, तर सेवाका लागि अतिरिक्त रकम दिनुपर्ने अवस्था सिर्जना हुन्छ भने त्यसले राज्यप्रतिको नागरिकको विश्वास कमजोर बनाउँछ।

पक्राउ पर्नेमा नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौँका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुसररिसवत बापत नौ लाख रूपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु पठाउनका लागि सेवाग्राहीलाई अनावश्यक सास्ती, दुःख र हैरानी दिँदै घुस माग गरिरहेका थिए ।

सोही सूचना तथा उजुरीका आधारमा टङ्गालबाट खटिएको अख्तियारको टोलीले उनलाई ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौंको टोखा नगरपालिका–५ स्थित वसुन्धारा चोकको एक रेस्टुरेन्टबाट भदौ ३१ गते नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका नापी अधिकृत वलीविरुद्ध विशेष अदालतबाट म्याद थप गरी भ्रष्टाचारसम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर