स्थानीय सरोकार/सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भौगोलिक बनावट जटिल छ । हिमालदेखि पहाड र बस्ती बिखरिएका। यस्ता चुनौतीपूर्ण परिस्थितिमा पनि पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा देखाएको प्रगति वास्तवमै प्रशंसनीय छ। हालै जिल्ला स्तरमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने गाउँपालिका घोषित भएको प्रमाण हो।
गाउँपालिकाले विगत केही वर्षयता प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई सुदृढ पार्दै, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, मातृ–शिशु स्वास्थ्यमा विशेष ध्यान, खोप अभियानको प्रभावकारी कार्यान्वयन र स्थानीय तहमै स्वास्थ्य बीमा विस्तारजस्ता पहलहरूलाई निरन्तरता दिँदै आएको छ।
यसले जनताको स्वास्थ्य अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग पुर्याएको छ।त्यो मात्र होइन, पाँचपोखरी थाङ्पालले सूचना प्रविधिको प्रयोग गर्दै स्वास्थ्य सेवा सहज र पारदर्शी बनाएको छ।
स्वास्थ्य सेवा पहुँचमा नपुगेका दुर्गम बस्तीमा मोबाइल स्वास्थ्य शिविर सञ्चालन र स्थानीय स्वयंसेवकमार्फत जनचेतना अभिवृद्धि कार्यक्रमले उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
यस्ता सफलताले देखाउँछ कि इच्छाशक्ति, योजनाबद्ध कार्यान्वयन र जनसहभागिताले विकासका अवरोध तोड्न सकिन्छ। अब यो उपलब्धिलाई स्थायी र व्यापक बनाउन स्वास्थ्य पूर्वाधार थप सुदृढीकरण, जनशक्ति व्यवस्थापन, र गुणस्तरीय औषधि तथा उपकरण सुनिश्चित गर्न निरन्तर लगानी आवश्यक छ।
- सूचना र प्रविधिमा उत्कृष्ट पाँचपोखारी थाङपाल गाउँपालिका
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको यो उपलब्धि केवल गाउँपालिकाको गौरव होइन, सम्पूर्ण सिन्धुपाल्चोककै प्रेरणाको स्रोत हो। यसबाट अन्य स्थानीय तहहरूले पनि सिक्न सक्नेछन् । कि सीमित स्रोत र कठिन भूगोलले होइन, दृढ संकल्प र पारदर्शी नेतृत्वले नै विकास सम्भव हुन्छ।
पछिल्लो समय सूचना र प्रविधिको क्षेत्रमा विश्वले अग्रगामी फड्को मार्दै गर्दा नेपालमा पनि यसको विकास भइरहेको छ ।
नेपालका स्थानीय तहहरूले प्रविधिको प्रयोग गर्दै आफ्ना कामलाई जनस्तरसम्म पु¥याउने क्रम जारी नै छ । सोही क्रममा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले स्थानीय तहहरूमै पहिलो पटक पालिकाभरी डिजिटल प्रोफाइ तयार तथा डिजिटल घरधुरी नम्बर प्रदान गरेको छ ।
आजको युग सूचना र प्रविधिबाटै परिभाषित हुन्छ । प्रविधिको प्रभावकारी प्रयोगले मात्र प्रशासनिक सेवा सरल, पारदर्शी र जनमैत्री बनाउन सकिन्छ। यसै सन्दर्भमा पाँचपोखरी थाङपाल गाउँपालिकाले सूचना र प्रविधिको प्रयोगमा देखाएको उत्कृष्टता प्रशंसनीय छ ।
गाउँपालिकाले सेवा प्रवाहलाई डिजिटाइज गर्ने, नागरिकलाई अनलाइनमार्फत सहज पहुँच दिने, इगभर्नेन्सलाई प्राथमिकतामा राख्ने, र सूचना पारदर्शितामा जोड दिने कार्यले यसलाई नमुना स्थानीय तहको रूपमा उभ्याएको छ ।
डिजिटल दर्ता प्रणाली, सूचना व्यवस्थापन, अनलाइन सेवा वितरण र प्रविधिमैत्री कार्यशैलीले नागरिकलाई समय, खर्च र श्रमको बचत मात्र गरेको छैन, स्थानीय शासनप्रतिको विश्वास पनि बढाएको छ ।
स्थानीय तहले बस्तुगत विवरण एचयाष्भि तयार गर्नका लागि व्यवसायिक संस्थारफर्म मार्फत उक्त कार्य गराउन त्इच् तयार गरिएको छ । प्रचलित कानुनी व्यवस्था अनुसार दक्षताका आधारमा व्यवसायिक फर्म छनौट गरी पारदर्शी प्रक्रिया र जनसहभागितामूलक विधि अपनाई गाउँ र नगर वस्तुस्थिति विवरण कार्यविधि, २०७५ मा उल्लेख भए बमोजिम पालिकाका वस्तुगत विवरण तयार गर्ने उद्देश्यसहित गाउँपालिकाले हरेक घरमा डिजिटल बोर्ड राखेको हो ।
यसबाट जिआइएस आधारित भू–सूचना व्यवस्थापन, डिजिटल डेटा संकलन र व्यवस्थापन प्रणालीको स्थापना, विपद पोर्टलसँग समायोजना र आपतकालीन व्यवस्थापन, स्थानीय तहको विकास योजनासँग समन्वय, विविध क्षेत्रगत तथ्यांक व्यवस्थापन, स्थानीय तहका नागरिक सेवा प्रणाली सुधार, मानवीय स्रोत क्षमता अभिवृद्धि, सरोकारवाल निकायहरूसँग समन्वय, स्थानीय अर्थतन्त्र र विकासका लागि तथ्यांक व्यवस्थापन र तथ्यांक तथा प्रोफाइलको निरन्तर अद्यावधिक लगायतका काम गर्न निकै नै भएको गाउँपालिकाका सूचना प्रविधि अघिकृत नारायण क्षेत्रीले बताउनु भयो ।
देशभरका अन्य स्थानीय तहहरूले हालसम्म यो तवरले काम शुरु गरेका छैनन् । नेपालका धेरै स्थानीय तहहरू अझै कागजपातमै अड्किएका छन् प्रविधि प्रयोगमा जनशक्ति, सीप र पूर्वाधारको कमी देखिन्छ । यस्ता चुनौतीबीच पाँचपोखरी थाङपालले देखाएको सफलता अन्य स्थानीय तहका लागि मार्गदर्शक बन्न सक्छ ।
निष्कर्षमा भन्नुपर्दा, सूचना र प्रविधिको उपयोगमार्फत सेवा प्रवाहमा सुधार ल्याएको पाँचपोखरी थाङपाल गाउँपालिका उत्कृष्ट अभ्यासको उदाहरण बनेको छ । यसको निरन्तरता र विस्तारले मात्र यसलाई दीर्घकालीन रूपमा जनमैत्री सुशासनमा रुपान्तरण गर्न सक्नेछ ।
- पाँचपोखरिमा टेलिकम टावरको अनुमती सुइकृत
पाँचपोखरी क्षेत्रमा टेलिकम टावर स्थापना गर्न आवश्यक स्वीकृति अन्ततः प्राप्त भएको छ। निकुञ्जको अनुमतिसँगै अब यस क्षेत्रका तीर्थयात्री, पर्यटक र स्थानीय बासिन्दाले लामो समयदेखि प्रतीक्षा गरेको दूरसञ्चार सेवा पाउने अपेक्षा गरिएको छ।
सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्र लामो समयदेखि सञ्चार पहुँचको अभावले थिचिँदै आएको क्षेत्र हो।
दुर्गम भू–भौगोलिक अवस्था, कमजोर पूर्वाधार र सीमित प्रविधिक पहुँचका कारण यहाँका बासिन्दा मोबाइल र इन्टरनेट सेवाबाट बञ्चित हुँदै आएका
थिए। तर हालै पाँचपोखरी क्षेत्रमा टेलिकम टावर स्थापनाको अनुमति प्राप्त भएको खबरले स्थानीयमा नयाँ उत्साह र आशा जगाएको छ।
सञ्चार सेवा अबको युगमा केवल सुविधा होइन, विकासको मेरुदण्ड हो। सूचना, शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवाको डिजिटल रूपान्तरणका लागि विश्वसनीय टेलिकम नेटवर्क अत्यावश्यक छ।
पाँचपोखरी क्षेत्रमा टावर स्थापनाले न केवल जनतामा सूचना पहुँच सहज बनाउनेछ । बरु आर्थिक गतिविधिलाई पनि बल पुर्याउनेछ। पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रमा इन्टरनेट र मोबाइल सेवाको विस्तारले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउनेछ।
स्थानीय तहले पनि यो परियोजनालाई दिगो रूपमा अघि बढाउन सहयोग र अनुगमनमा सक्रिय रहनु जरुरी छ। टावर स्थापनासँगै विद्युत आपूर्ति, सुरक्षा व्यवस्था, वातावरणीय प्रभाव मूल्यांकन र स्थानीय जनसहभागितामा ध्यान दिइनुपर्छ। यसले परियोजना दीर्घकालीन रूपमा सफल र सर्वस्वीकार्य बन्नेछ।
पाँचपोखरी थाङ्पालका बासिन्दा वर्षौँदेखि प्रतीक्षा गरिरहेको सञ्चारको उज्यालो अब नजिकिएको छ। यो पहल सफल भएमा यसले केवल पाँचपोखरीलाई मात्र होइन, सम्पूर्ण सिन्धुपाल्चोकको सञ्चार विकास यात्रालाई नयाँ उचाइमा पुर्याउनेछ।
पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाका अनुसार तीन वर्षदेखि निरन्तर प्रयास जारी राख्दै आएकोमा अन्ततः निकुञ्जबाट टावर स्थापनाको अनुमति प्राप्त भएपछि आफू अत्यन्तै हर्षित भएको बताउनुभयो। उहाँका अनुसार यो अनुमति प्राप्त भएपछि अब छिट्टै टेलिकम टावर निर्माण कार्य सुरु गरिनेछ।