मङ्गल, २१ असोज २०८२ / October 7, 2025, Tuesday
मङ्गल, २१ असोज २०८२
Advertisement
banner add

अख्तियार प्रमुखबाट राजीनामा दिन राईलाई ‘जेनजी’को दबाब

writter
मङ्गल, २१ असोज २०८२
(Shares)

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायतका पदाधिकारीको राजीनामा माग्दै ‘जेनजी अलायन्स’ का युवाहरूले पेश गरेको निवेदनले वर्तमान समयको जनआवाजलाई प्रतिनिधित्व गर्छ। भ्रष्टाचार, अनियमितता र जवाफदेहिताको अभावविरुद्ध युवापुस्ताको जागरण नेपाली समाजमा सकारात्मक संकेत हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका सबै आयुक्तहरूको राजीनामाको मागसहितको निवेदन लिएर केही युवा टंगाल पुगेका छन् ।

‘जेन-जी मुभमेन्ट अलायन्स’ ले हिजो राईसहित सबै आयुक्तलाई तत्काल राजीनामा दिन भन्दै इमेलबाट दबाबमूलक पत्र पठाएको थियो । उनीहरूले राईको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।

अख्तियारमा दलका मान्छे नियुक्त गरिएको र भ्रष्टाचारको निष्पक्ष छानबिन हुनेमा शंका भएको भन्दै नयाँ निष्पक्ष मान्छे ल्याउनुपर्ने उनीहरूले माग गरेका छन् ।

देशको सुशासन सुनिश्चित गर्न अख्तियार जस्तो संवैधानिक निकायले निष्पक्ष, पारदर्शी र प्रभावकारी ढङ्गले काम गर्नुपर्ने हुन्छ। तर, पछिल्ला घटनाक्रमले आयोगमाथि जनविश्वास कमजोर बनाएको देखिन्छ। यसै सन्दर्भमा युवाहरूको यो पहल केवल विरोध होइन, संस्थागत सुधारको माग हो।

राजनीतिक प्रभाव र सत्ता–सम्बन्धी दबाबबाट मुक्त रहँदै अख्तियारले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरे मात्र सुशासनको आशा पलाउन सक्छ। युवाहरूको आवाजलाई सुन्नु र सुधारका उपायहरूमा गम्भीर पहल गर्नु अहिलेको आवश्यकता हो।

नेपालमा परिवर्तनको प्रमुख शक्ति युवापुस्ता हुन्। त्यसैले, यस्ता सचेत नागरिक कदमहरूले पारदर्शी शासन र जवाफदेह सार्वजनिक प्रशासनतर्फ देशलाई अघि बढाउने अपेक्षा राखिन्छ।

ads

सम्बन्धित खबर