बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि

banner add
writter
आइत, १८ साउन २०८२
(Shares)

काठमाडौं । पोल्यान्डले भलिबल नेशन्स लिग (भीएनएल) २०२५ को उपाधि आफ्नो नाममा दर्ता गराएको छ। आइतबार चीनमा सम्पन्न पुरुषतर्फको फाइनलमा पोल्यान्डले इटालीविरुद्ध ३–० को सोझो सेटकम जित निकाल्दै उपाधि सुनिश्चित गर्‍यो।

फाइनल खेलमा पोल्यान्डले क्रमश: २५–२२, २५–१९ र २५–१४ को सहज जित निकाल्दै प्रभावशाली प्रदर्शन गर्‍यो। यो जितसँगै पोल्यान्ड दोस्रो पटक भीएनएलको च्याम्पियन बनेको हो। यसअघि उसले सन् २०२३ मा पहिलो पटक उपाधि जितेको थियो।

यस संस्करणमा पोल्यान्डले लिग चरणदेखि नै उत्कृष्ट लय समातेको थियो र फाइनलसम्म अपराजित यात्रा तय गरेको थियो। दोस्रो स्थानमा रहेर उपविजेता बनेको इटालीले पनि प्रतियोगिता अवधिभर मजबुत प्रदर्शन गरे तापनि फाइनलमा भने पोल्यान्डको दबाब झेल्न सकेन।

त्यसैगरी, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले स्लोभेनियालाई ३–१ को सेटमा पराजित गर्दै कांस्य पदक हात पार्‍यो। पहिलो सेट २३–२५ ले गुमाएको ब्राजिलले त्यसपछि लगातार तीन सेट २५–२०, २५–२३, र २५–१९ मा आफ्नो पक्षमा पार्दै पुनरागमन जित निकालेको हो।

ads
ads
add
banner add

सम्बन्धित खबर