बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

धनुषाको पेट्रोल पम्पबाट १२ लाख ७५ हजार लुटिएर कुटपिट हुँदा पनि प्रहरीले जाहेरी नलिन मानेन

banner add
writter
शुक्र, २० भदौ २०८२
(Shares)

काठमाडौँ । धनुषाको पेट्रोल पम्पमा १२ लाख ७५ हजार रुपैयाँ लुटपाट भएको घटना गम्भीर अपराध हो । त्यसमाथि लुटपाटसँगै कुटपिट भएको पीडितको दाबी अझ गम्भीर पक्ष हो । यस्ता घटनामा प्रहरीले तत्काल छानबिन गर्नुपर्नेमा जाहेरी लिनै मानेन भन्ने कुरा कानूनको शासनविरुद्धको प्रत्यक्ष उदाहरण हो ।

धनुषा गणेशमान चारनाथ नगरपालिकामा धनुषा आयल स्टोर्स नामक पेट्रोल पम्प चलाएका विवेक शाहले आफूमाथि कुटपिट र १२ लाखभन्दा बढि रकम लुटिँदापनि प्रहरीले दोषीहरुमाथि कारबाही नगरेको र जाहेरीसमेत नलिएको गुनासो पोखेका छन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू ठूलो अन्यायमा परेको भन्दै न्याय दिलाईदिन हारगुहार गरेका हुन् ।

उनले आफूसँग हप्ता माग्न आएकाले कुटपिट गरेको बताए । घट्ना यही भदौ ६ गते मध्यराति भएको हो । साउथ मुभिमा जस्तो गुण्डाहरुको प्रवृत्ति देखिएको उनको भनाई छ । 

यसरी कुटपिट र लुटपाटको घट्नामा संलग्नहरु गणेशमान चारनाथ–१ का २८ वर्षीय अशोककुमार साह तेली, २७ वर्षीय नविन पुर्वछाने मगर, ३३ वर्षीय सन्तोष बलमपाखे मगर, ३० वर्षीय निरज मगर र अन्य एक जनाले आयल स्टोर्समा आएर पेट्रोल पम्पका कर्मचारीमाथि कुटपिट र लुटपाट भएको साहले सुनाए ।

साहले घट्नाको सबै प्रमाण आफूहरुसँग सुरक्षित रहेको भन्दै सिसिटिभी फुटेज पनि प्रहरीलाई उपलब्ध गराएको बताए ।

उनले भने,‘यो घट्नाको विषयमा म जिल्ला प्रहरी प्रमुख नरहरि रेग्मीसँग पुगें । उहाँले जाहेरी दर्ता गरिदिन्छु भन्नुभयो । तर, आजको दिनसम्म पनि दर्ता गर्नुभएको छैन ।

डिआईजी उमाप्रसाद चतुर्वेदीसमक्ष गुहार गरेको छु ।’ आफू न्याय माग्नको लागि एक हप्तादेखि काठमाडौंमा नै रहेको पनि साहले जानकारी दिए । ती युवाहरु तेल माग्ने बहानामा पम्पमा आएको र ट्यांकीमा नभई बोटलमा तेल मागेको पनि साहले बताए।

नेपालको संविधान र प्रचलित कानूनी प्रावधानअनुसार प्रहरीको पहिलो दायित्व अपराध दर्ता गर्ने र अनुसन्धान सुरु गर्ने हो । तर पीडितको उजुरी नै नलिने प्रवृत्तिले प्रहरीप्रतिको जनविश्वास गुम्दै गएको छ । यसले अपराधीलाई संरक्षण गर्ने वातावरण बनाउँछ भने पीडितलाई दोहोरो पीडा थप्छ ।

#नेपाल_प्रहरी

ads
ads
add
banner add

सम्बन्धित खबर