बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

चितवनमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो

banner add
writter
शनि, २८ भदौ २०८२
(Shares)

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा र कर्फ्यु आदेश पूर्ण रूपमा हटाएको छ।

प्रशासनले भदौ २८ गते एक सूचना जारी गर्दै बिहान ७ बजेदेखि नै सबै प्रकारका प्रतिबन्धात्मक आदेशहरू हटाइएको जानकारी दिएको हो।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको थियो। जिल्ला सुरक्षा समितिको भदौ २६ गते बसेको बैठकले सुरक्षा अवस्थाको विश्लेषण गरी निषेधाज्ञा र कर्फ्यु लगाउने निर्णय गरेको थियो।

नागरिकको जनजीवनलाई सामान्य बनाउन आदेश फुकुवा गरिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा आगामी दिनहरूमा पनि जिल्लामा शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्न सबैलाई अपिल गरिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर