सर्लाही – सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि ओपिडी बाहेकका सेवा बन्द गरिएको छ ।
चिकित्सकमाथि हातपात भएको विषयलाई लिएर हिजो मङ्गलवारदेखि नै अस्पतालमा ओपिडी सेवा बन्द गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीव सिंहले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै अस्पतालको आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिनुभयो ।