शनि, २४ असोज २०८३ / October 10, 2026, Saturday
शनि, २४ असोज २०८३
Advertisement
banner add

कक्रोच पार्टीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, जन्तरमन्तरमा प्रहरी तैनाथी बढाइयो

banner add
writter
शनि, २४ असोज २०८३
(Shares)

नयाँदिल्ली । कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनलाई लक्षित गर्दै दिल्ली प्रहरीले जन्तरमन्तर र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। प्रदर्शनका लागि अनुमति नदिइए पनि पार्टीका नेताहरूले जन्तरमन्तर पुगेर प्रदर्शन गर्ने बताएका छन्।

भारतीय समाचार एजेन्सी एएनआईले सार्वजनिक गरेका तस्बिरमा जन्तरमन्तर र आसपासका क्षेत्रमा ठूलो संख्यामा प्रहरी, सुरक्षाकर्मी तथा प्रहरी भ्यान तैनाथ गरिएको देखिन्छ।

सीजेपीका सहसंयोजक आशुतोष रांकाले शुक्रबार राति सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनकारीलाई सम्बोधन गर्दै आफूहरूले इतिहास रच्ने दाबी गरेका थिए। उनले प्रदर्शनकारीको लामो यात्राप्रति गर्व व्यक्त गर्दै जुनसुकै परिस्थितिमा पनि आफ्नो उद्देश्यबाट पछि नहट्ने सन्देश दिएका थिए।

उनले प्रदर्शनकारीलाई हातमा संविधान र हृदयमा महात्मा गान्धीका विचार राख्न आग्रह गर्दै कुनै पनि अवस्थामा हिंसामा नउत्रिन अपिल गरेका छन्। उनको सन्देशको अन्त्य ‘भारत माताको जय’ नारासहित गरिएको थियो।

यसैबीच, सीजेपीका संस्थापक अभिजीत दीपके, सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक–राजनीतिक अभियन्ता योगेन्द्र यादव, आइसा अध्यक्ष नेहा बोरा तथा चर्चित युट्युबर ध्रुव राठीले पनि प्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरेका छन्।

प्रदर्शनको अनुमति नदिइएको अवस्थामा पनि नेताहरूले सहभागिताको आह्वान गरेपछि दिल्लीको जन्तरमन्तर क्षेत्रमा सुरक्षा व्यवस्था थप संवेदनशील बनेको छ। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ वा तनाव उत्पन्न हुन्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर