मङ्गल, २७ असोज २०८३ / October 13, 2026, Tuesday
मङ्गल, २७ असोज २०८३
Advertisement
banner add

पाकिस्तानमा रेल दुर्घटना, चार जनाको मृत्यु

banner add
writter
मङ्गल, २७ असोज २०८३
(Shares)

मुलतान । पाकिस्तानको पञ्जाब प्रान्तमा मङ्गलबार बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

रेलवेका प्रवक्ता कलीम अख्तरका अनुसार दक्षिणी बन्दरगाह सहर कराचीबाट उत्तरपश्चिमी सहर पेशावरतर्फ गइरहेको रेल सेर शाह सहरमा दुर्घटनामा परेको हो।

दुर्घटनापछि उद्धारकर्मीहरूले रेलका १४ वटा डिब्बाबाट यात्रुलाई बाहिर निकालेका थिए। घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। घटनास्थलमा उद्धारकर्मी तथा स्वास्थ्यकर्मी परिचालन गरिएको प्रवक्ता अख्तरले जानकारी दिनुभयो।

दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै दुःख व्यक्त गर्नुभएको छ। उहाँहरूले घाइतेहरूलाई गुणस्तरीय उपचार उपलब्ध गराउन सम्बन्धित अधिकारीहरूलाई आग्रह गर्नुभएको छ।

पाकिस्तानमा दशकौँदेखि रेल पूर्वाधारमा पर्याप्त लगानी नहुनु, पुराना रेलमार्ग र जीर्ण सङ्केत प्रणालीका कारण रेल दुर्घटनाका घटना दोहोरिने गरेका छन्।

यसअघि सन् २०२३ मा दक्षिणी पाकिस्तानमा यात्रुवाहक रेलका १० वटा डिब्बा पटरीबाट खस्दा ३० जनाको मृत्यु भएको थियो भने ९० भन्दा बढी यात्रु घाइते भएका थिए। पछिल्लो दुर्घटनाले पाकिस्तानको रेल सुरक्षा, पूर्वाधार सुधार र यात्रुको सुरक्षासम्बन्धी चुनौतीलाई पुनः उजागर गरेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर