आइत, २२ चैत २०८२ / April 5, 2026, Sunday
आइत, २२ चैत २०८२
Advertisement
banner add

अन्तरिम सरकार प्रमुखमा सुशीला कार्की सिफारिस हुनु सकारात्मक : बाबुराम भट्टराई

banner add
writter
शुक्र, २७ भदौ २०८२
(Shares)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरिम सरकार प्रमुखमा जेनजी युवाबाट सुशीला कार्की सिफारिस हुनु अत्यन्त सकारात्मक भएको बताएका छन्।

आज (शुक्रार) बिहान विज्ञप्ति जारी गरी भट्टराईले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुखमा समर्थन गरेका हुन् ।

साथै भट्टराई संविधानविद्हरूसँगको सल्लाहमा संविधानभित्रैबाट कार्कीलाई विधिवत शपथ ग्रहण गराएर अहिलेको अन्योल अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले अहिलेको सन्दर्भ र २०६९ सालमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गरिएको नजर मेल नखाने पनि स्पष्ट पारेका छन्।

‘त्यतिबेला विद्यमान अन्तरिम संविधान २०६३ मा राजनीतिक सहमतिका आधारमा कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा माओवादीबीचको सहमति बुझ्नुपर्छ भनेर स्पष्टीकरण समेत त्यहीँ राखिएको थियो,’ डा भट्टराईले भनेका छन्,‘तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन। यसबारे जेनजीले धेरै संवेदनशील भएर सोच्नुपर्छ।’

उनले अहिलेको आन्दोलन भन्दा पनि ठूलो बलिदानपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट संविधान बनेको स्मरण गर्दै यसको जगमा टेकेर समाधान खोज्दा नै सबैको भलो हुने बताएका छन् ।

ads
ads
add
banner add

सम्बन्धित खबर