आइत, २२ चैत २०८२ / April 5, 2026, Sunday
आइत, २२ चैत २०८२
Advertisement
banner add

संविधानमार्फत नै जेन–जी पुस्ताको आकांक्षा पूरा हुन्छ : पूर्वराष्ट्रपति यादव

banner add
writter
शुक्र, २७ भदौ २०८२
(Shares)

काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादवले जेन–जी पुस्ताले उठाएका माग तथा आकांक्षाहरू संविधानमै निहित भएकाले त्यसैको कार्यान्वयनबाट मात्र पूरा हुन सक्ने बताएका छन्। उनले असन्तुष्टि र आन्दोलनको मूल कारण संविधानले दिएको अधिकारको सही ढंगले कार्यान्वयन नहुनु भएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यास र संवैधानिक व्यवस्था सुदृढ पार्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

यादवले आन्दोलनरत युवालाई शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न आग्रह गर्दै संविधानलाई अवमूल्यन गर्ने गतिविधि भन्दा संविधानभित्रैबाट समाधान खोज्नुपर्नेमा जोड दिए। उनका अनुसार संविधानले समानता, सामाजिक न्याय, रोजगारी र समावेशी शासन प्रणालीको ग्यारेन्टी गरेको छ, जसलाई व्यवहारमा लागू गर्न राज्य संयन्त्रले दृढता देखाउनुपर्छ।

उनले जेन–जी पुस्ताको ऊर्जा, क्षमता र नविन सोचलाई सकारात्मक ढंगले प्रयोग गर्न सके देशलाई नयाँ मार्गमा डोर्याउन सकिने विश्वास व्यक्त गरे।

ads
ads
add
banner add

सम्बन्धित खबर