शनि, १९ वैशाख २०८३ / May 2, 2026, Saturday
शनि, १९ वैशाख २०८३
Advertisement
banner add

एमाले पनि चुनावको पक्षमा : शंकरले भने, ‘तोकिएकै समयमा निर्वाचन होस्’

banner add
writter
सोम, ३० भदौ २०८२
(Shares)

काठमाडौं : नेकपा (एमाले) ले आफ्नो पूर्ववत अडानबाट पछि हटेको छ । संसद विघटनलाई असंबैधािनक भन्दै आएको एमाले चुनावको पक्षमा उभिएको हो । सोमबार एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई संविधान फर्काउन अबिलम्ब तोकिएकै समयमा निर्वाचन गर्नु आवश्यक रहेको बताएका छन् ।

संसद विघटन लगत्तै महासचिव पोखरेलले लेखेका थिए, ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं।’

गत भदौ २४ गते जेन–जी प्रदर्शनका च्यासलस्थित पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीबाट भएको क्षति अवलोकनका लागि गएका महासचिव पोखरेलले युवाहरूमा भने, ‘समाधान सधै सडकबाट खोज्ने हो भने स्थायित्व र विकास सम्भव हुँदैन । त्यसर्थमा हामी संविधानतिर फर्कनै पर्छ । संविधानको बाटो हिंड्नै पर्दछ। मुलुकलाई संविधान फर्काउन अबिलम्ब तोकिएकै समयमा निर्वाचन गर्नु आवश्यक छ ।’

महासचिव पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्धारित मितिमै चुनाव गराउने दिशामा अघि बढ्नुपर्ने बताए। ‘यो सरकार अन्तरिम भएकाले उसको कर्तव्य चुनाव गराउने हो। शान्ति सुरक्षाको वातावरण तयार गरिकन समयमा निर्वाचन गराउने कुरामा यो सरकार ध्यान जानेछ। नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताको अभिमत प्राप्त गर्ने कुरामा प्रवेश गर्नुपर्छ,’ उनले भने।

पोखरेलले युवाहरूले धैर्य गरेको भए उनीहरूका आकांक्षा एमाले ले नै पूरा गर्ने दाबी गरे ।‘यहाँहरूलाई थाहा छ हामीले भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गरेर युवाहरूमा हुर्कंदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा लामो छलफल गरिकन निर्णायक शक्ति निर्माणको २१ बुँदे कार्ययोजना हामीले तयार पारेका थियौं। यवाहरूले धैर्यता गर्नु भएको भए, नेकपा एमालेले नै उहाँहरूका उहाँहरूका चाहना, आकांक्षा पूरा गर्ने पार्टीका रूपमा एमाले अगाडि आउँदै थियो। हामीले त्यस प्रकारका योजनाहरू, संकल्पहरू तयार गरेका थियौं,’ उनले भने।

ads
ads
add
banner add

सम्बन्धित खबर