दान बहादुर कार्कीको निर्णयअनुसार एसपी शाहीलाई काठमाडौँ उपत्यका शसस्त्र प्रहरी गण–२ महाराजगञ्जमा सरुवा गरिएको छ ।
उनको स्थानमा नयाँ जिल्ला प्रहरी प्रमुखका रूपमा ठकुर पोख्रेल सुर्खेत आउने भएका छन् । पोखरेल हाल लुम्बिनी प्रदेश प्रहरी गणमा कार्यरत थिए ।
एसपी शाहीले सुर्खेतमा रहँदा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन सक्रिय भूमिका निर्वाह गरेका थिए । विशेषगरी नागरिकसँगको समन्वय र जनविश्वास कायम गर्न उनले खेलेको भूमिकालाई सकारात्मक रूपमा हेरिएको छ ।
अब नयाँ नेतृत्व सम्हाल्न आउने एसपी पोखरेलमाथि जिल्लाको सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउने जिम्मेवारी रहनेछ । पछिल्लो समय सामाजिक अपराध, लागूऔषध दुव्र्यसन तथा साइबर अपराधका चुनौती बढिरहेका बेला प्रहरी प्रशासन अझ जिम्मेवार, जनमुखी र परिणाममुखी बन्नुपर्ने आवश्यकता देखिएको छ ।
प्रहरी संगठनभित्र हुने सरुवा नियमित प्रशासनिक प्रक्रिया भए पनि यसले स्थानीय सुरक्षा रणनीति, सेवा प्रवाह र नागरिक अपेक्षामा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । नयाँ नेतृत्वले सुर्खेतमा शान्ति सुरक्षा सुदृढ बनाउँदै प्रहरीप्रतिको जनविश्वास अझ मजबुत बनाउन सफल होस् भन्ने अपेक्षा गरिएको छ ।