शुक्र, २२ जेठ २०८३ / June 5, 2026, Friday
शुक्र, २२ जेठ २०८३
Advertisement
banner add

प्रशासनिक फेरबदल : १३ जिल्लामा नयाँ सीडीओ, धनकुटामा शर्मा

banner add
writter
शुक्र, २२ जेठ २०८३
(Shares)

काठमाडौं । गृह मन्त्रालयले १८ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको पछिल्लो निर्णयअनुसार १६ जनाको सरुवा तथा दुई जनाको पदस्थापन गरिएको हो। यससँगै देशभरका १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परिवर्तन भएका छन्।

सरुवा सूचीअनुसार धनकुटाको प्रमुख जिल्ला अधिकारीमा रुद्रादेवी शर्मालाई खटाइएको छ। उहाँ यसअघि कास्कीका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत हुनुहुन्थ्यो।

त्यस्तै कास्कीमा कुमानसिंह गुरुङ, स्याङ्जामा निराजन घिमिरे, धादिङमा लक्ष्मी पाण्डे गौतम, संखुवासभामा ईश्वरीप्रसाद अर्याल, पाल्पामा भविश्वर पाण्डे, नवलपरासी (पश्चिम) मा जगदिश्वर उपाध्याय, सप्तरीमा श्यामकृष्ण थापा तथा उदयपुरमा मेघबहादुर मंग्रान्तीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

यसैगरी ओखलढुंगामा टुवराज पोखरेल, सर्लाहीमा विजयराज सुवेदी, रामेछापमा बिनु बज्राचार्य कुँवर तथा सुर्खेतमा धर्मराज जोशीलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको गृह मन्त्रालयले जनाएको छ।

सरुवाअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखमा सिर्जना थपलियालाई पठाइएको छ भने, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकमा कृष्ण पौडेललाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी रिक्त रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सहसचिव प्रदीप कोइरालालाई खटाइएको गृह मन्त्रालयले जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर