स्थानीय सराेकार/गुल्मी । गुल्मीको मदाने गाउँपालिका–४, म्यालपोखरीमा स्थापना गरिएको नागरिक आरोग्य केन्द्रको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय नागरिकलाई सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको आरोग्य केन्द्र सञ्चालनमा आएपछि वडावासीलाई स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सहभागीहरूले नागरिकको स्वास्थ्य सुरक्षाका लागि आरोग्य केन्द्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
आरोग्य केन्द्रमार्फत स्थानीयस्तरमै स्वास्थ्यसम्बन्धी सेवा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुने बताइएको छ।