बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

दशैँको पूर्वसन्ध्यामा सुकिला नोट साट्ने व्यवस्था

banner add
writter
सोम, १६ भदौ २०८२
(Shares)

दशैँ नेपाली समाजको सबैभन्दा ठूलो चाड हो। हरेक घर–घरमा पूजाआजा, टीका–जमरा र दक्षिणामा प्रयोग हुने सुकिला नोटको महत्व विशेष हुन्छ। यही आवश्यकतालाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले हरेक वर्ष झैँ यसपालि पनि दशैँको पूर्वसन्ध्यामा सुकिला नोट साट्ने व्यवस्था गरेको छ।

सुकिला नोट साट्ने प्रचलनले चाडपर्वलाई सहज बनाउन सहयोग गरे पनि यससँगै देखिने अव्यवस्था र असमान पहुँच गम्भीर प्रश्न बनेका छन्। कतिपय अवस्थामा सर्वसाधारणले लामो लाइनमा बस्दा पनि नोट पाउन मुस्किल हुन्छ भने चिनाजान वा पहुँच हुने व्यक्तिहरू सजिलै ठूलो परिमाणमा सुकिला नोट लिन सफल हुन्छन्। यसले व्यवस्था पारदर्शी र सर्वसुलभ हुन सकेन भन्ने प्रश्न उठाउँछ।

सुकिला नोट वितरण राष्ट्र बैंकको नियमित जिम्मेवारी मात्र नभई नागरिकप्रति उसको संवेदनशीलताको सूचक हो। त्यसैले यो प्रक्रिया सुव्यवस्थित, पारदर्शी र सबलीकरण भएको देखिनु आवश्यक छ। वितरण प्रणालीमा डिजिटल जानकारी, पूर्व–अनलाइन दर्ता, वा बैंकमार्फत समानुपातिक कोटा प्रणाली जस्ता सुधारात्मक उपाय अवलम्बन गर्न सकेमा लामो लाइन, भीडभाड र असमानता न्यून हुनेछन्।

बैंकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट बैंक नोट साट्न पाइने आज एक सूचना जारी गरेर जनाएको हो ।

“नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयहरु (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८२ भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ”, राष्ट्र बैंकले सूचनामा भनेको छ, “साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट पनि सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ ।”

चाडपर्वका बेला रु पाँच, १०, २०, ५० र १०० दरका नोटको माग अधिक हुने गरेको छ । चाडपर्वका बेला नै केन्द्रीय बैंकले मैला नोट खिचेर नयाँ नोट बजारमा पठाउँदै आएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०६७÷६८ को मौद्रिक नीति मार्फत ‘सफा नोट नीति’ सार्वजनिक गरेको थियो । आार्थिक कारोबारमा सफा नोट मात्र प्रयोग गर्ने र झुत्रा नोट बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैैंकलाई बुझाउने गरेका छन् ।

ads
ads
add
banner add

सम्बन्धित खबर