बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

बँदेलको आक्रमणबाट ६ जना घाइते

banner add
writter
बिहि, ०१ साउन २०८२
(Shares)

पञ्चकोशी  । दैलेखको आठबीस नगरपालिका–३ को जास्कीमा बँदेलको आक्रमणमा परी ६ जना घाइते भएका छन् । मकै खान आएको बँदेल धपाउन जम्मा भएका स्थानीयलाई बँदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

बँदेलको आक्रमणबाट आठबीस नगरपालिका–२ का २३ वर्षीय डबल बडुबाल, आठबीस नगरपालिका–२ का २९ वर्षीय टेकबहादुर शाही, आठबीस नगरपालिका–३ का का ४५ वर्षीय रामबहादुर बडुवाल, आठबीस नगरपालिका–२ का २२ वर्षीय विकास कार्की आठबीस नगरपालिका–३ निरज कार्की आठबीस नगरपालिका–३ का कमल कार्की घाइते भएको उहाँले जानकारी दिनुभयो । बँदेलको आक्रमणबाट घाइतेको प्रदेश  अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर