मङ्गल, ०९ असार २०८३ / June 23, 2026, Tuesday
मङ्गल, ०९ असार २०८३
Advertisement
banner add

बार्सिलोना एट्लेटिकोसँग घरमै स्तब्ध

banner add
writter
शुक्र, २७ चैत २०८२
(Shares)

स्पेनको चर्चित क्लब बार्सिलोनाको युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। आफ्नै घरेलु मैदान क्याम्प नोउमा बुधबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा एट्लेटिको मड्रिडसँग २-० ले पराजित भएपछि बार्सिलोना दबाबमा परेको हो।

खेलको ४४ औं मिनेटमा पाउ कुबार्सीले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित बन्न पुग्यो । त्यसको फाइदा उठाउँदै ४५ औं मिनेटमा जुलियन अल्भारेजले आकर्षक गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए।

दोस्रो हाफमा पनि एट्लेटिकोले दबाब कायम राख्यो। खेलको ७० औं मिनेटमा अलेक्जेन्डर सोर्लोथले अर्को गोल थप्दै टोलीको जित पक्का गराए।

अब यी दुई टोलीबीचको दोस्रो लेग एट्लेटिकोको मैदानमा हुनेछ । अन्तिम चारको यात्रा तय गर्ने हो भने बार्सिलोनाले दोस्रो लेगमा कम्तीमा ३-० को जित निकाल्नुपर्ने दबाबमा छ।

ads
ads
add
banner add

सम्बन्धित खबर