आइत, १२ असोज २०८२ / September 28, 2025, Sunday
आइत, १२ असोज २०८२
Advertisement
banner add

एमालेमा आजदेखि विधान महाधिवेशनबारे औपचारिक छलफल : दिउँसो सचिवालय बैठक

writter
बिहि, ०१ साउन २०८२
(Shares)

दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विषयहरूमा छलफल र निर्णयहरू हुनेछन् ।

आजको बैठकमा विधान संशोधन प्रस्तावका खाकाहरू प्रस्तुत हुने छ । संशोधनको खाका बनाउन यस अघि नै पाटीका उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिइएको थियो । जस अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन,महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने गौतमले जानकारी दिए ।

आजको बैठकले साउन २ गते बस्ने पार्टी पोलिटव्यूरोको र साउन पाँच गते बस्ने केन्द्रीय कमिटीका कार्यसूची पनि तय गर्ने छ ।

ads

सम्बन्धित खबर