आइत, ०६ वैशाख २०८३ / April 19, 2026, Sunday
आइत, ०६ वैशाख २०८३
Advertisement
banner add

कम्बोडियाको डिजिटल दासता र उद्धारको सन्देश

banner add
writter
बिहि, ०३ वैशाख २०८३
(Shares)

काठमाडौँ । कम्बोडियामा आकर्षक रोजगारी र  डलरको सपना देखाएर बन्धक बनाइएका ४६ जना नेपालीको पछिल्लो उद्धारले वैदेशिक रोजगारीको एउटा भयावह र अँध्यारो पाटोलाई पुनःसतहमा ल्याइदिएको छ। बैंककस्थित नेपाली दूतावास र स्थानीय निकायको समन्वयमा भएको यो उद्धार राहतको विषय त हो, तर यसले नेपाली समाज र राज्य संयन्त्रमाथि कैयौँ गम्भीर प्रश्नहरू समेत उब्जाएको छ।

समस्याको चुरो: ठगीको नयाँ स्वरूप पछिल्लो समय मानव तस्करहरूले खाडी मुलुकभन्दा बाहिर दक्षिण-पूर्वी एसियाली देशहरू कम्बोडिया, लाओस र म्यानमारलाई साइबर अपराध'को अखडा बनाइरहेका छन्। सामान्य लेखपढ गर्न जान्ने र कम्प्युटर चलाउन सक्ने युवाहरूलाई डाटा इन्ट्री वा कस्टमर सर्भिस'को बहानामा लगिन्छ र त्यहाँ पुगेपछि उनीहरूलाई अनलाइन स्क्यामिङ (ठगी) गर्न बाध्य पारिन्छ। काम गर्न अस्विकार गरेमा वा तोकिएको लक्ष्य पूरा नगरेमा शारीरिक र मानसिक यातना दिने, बन्धक बनाउने र परिवारसँग सम्पर्क विच्छेद गराउनेसम्मका कार्य हुने गरेका छन्। यो आधुनिक युगको डिजिटल दासता बाहेक अरू केही होइन।

राज्यको भूमिका र चुनौती भ्रमण भिसा (भिजिट भिसा) को दुरुपयोग गरी काम गर्न जाने प्रवृत्ति यो समस्याको मुख्य कडी हो। सरकारले पटक-पटक चेतावनी दिए पनि युवाहरू असुरक्षित बाटो रोज्न बाध्य छन्। यसका पछाडि स्वदेशमा रोजगारीको अभाव मात्र नभई, जेन्टहरूको बलियो र संगठित जालो पनि जिम्मेवार छ। ४६ जनाको उद्धार हुनु सकारात्मक छ, तर अझै पनि सयौँ नेपालीहरू त्यहाँका कम्पाउन्ड भित्र नारकीय जीवन बिताइरहेको आशंका छ।

सचेतना र सूचना: वैदेशिक रोजगार विभागले केवल सूचना टाँसेर मात्र पुग्दैन स्थानीय तहसम्म पुगेर कम्बोडिया जस्ता देशमा हुने ठगीबारे सचेतना फैलाउनु आवश्यक छ।

कडा कानुन र कार्यान्वयन: भ्रमण भिसामा मान्छे पठाउने म्यानपावर कम्पनी र स्वतन्त्र एजेन्टहरूलाई कडा कानुनी दायरामा ल्याइनुपर्छ। अध्यागमन विभागले पनि आफ्नो जाँचबुझ प्रक्रियालाई थप चुस्त बनाउनु पर्छ।

कुटनीतिक पहल: समस्यामा परेका अन्य नेपालीहरूको खोजी र उद्धारका लागि कम्बोडियाली सरकारसँग उच्चस्तरीय कुटनीतिक संवादलाई निरन्तरता दिनुपर्छ।

उद्धार गरेर घर फर्काउनु मात्र समाधान होइन। युवाहरूलाई आफ्नै देशमा भविष्य देख्ने वातावरण बनाउनु र वैदेशिक रोजगारीका नाममा हुने खराव ट्याक जोगाउनु नै आजको आवश्यकता हो। कम्बोडियाको यो घटना एउटा पाठ हुनुपर्छ । सस्तो लोकप्रियता र छिटो पैसा कमाउने प्रलोभनले मानिसलाई कसरी मृत्युको मुखसम्म पुर्याउन सक्छ भन्ने कुरामा सबै सचेत हुन जरुरी छ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर