मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

क्लासिक टेकको दशैँ अफर: “२ वर्ष को इन्टरनेट १ वर्ष को मूल्यमा”

banner add
writter
शनि, ०४ असोज २०८२
(Shares)

काठमाडौंं । उत्कृष्ट नेटवर्क इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले यस वर्षको दशैं विशेष अफर सार्वजनिक    गरेको छ। यस अफर अन्तर्गत, ग्राहकहरूले ७० Mbps इन्टरनेट जडान गर्दा मात्र रु ४४३ प्रति महिना मा वाई फाई सिक्स राउटर पाउन सक्नेछन् । अब १ वर्षको मूल्यमा २ वर्ष इन्टरनेट सेवा उपलब्ध हुने भएको छ।

दशैँजस्ता चाडपर्वको अवसरलाई लक्षित गरी बजारका विभिन्न क्षेत्रमा आकर्षक अफर ल्याइने गर्छन्। यसैक्रममा क्लासिक टेकले सार्वजनिक गरेको “२ वर्षको इन्टरनेट १ वर्षको मूल्यमा” भन्ने अफरले उपभोक्तालाई खुसी पार्ने मात्र नभई प्रतिस्पर्धी बजारमा पनि नयाँ चर्चाको विषय बनेको छ।

नेपालमा इन्टरनेट अहिले दैनिक जीवनको अभिन्न अङ्ग बनेको छ। शिक्षा, व्यवसाय, सञ्चार, मनोरञ्जनदेखि सरकारी सेवा लिनेसम्म सबै क्षेत्रमा इन्टरनेट अपरिहार्य भइसकेको छ। यस्तो अवस्थामा लामो अवधिसम्म स्थिर र किफायती सेवाको खोजी उपभोक्ताको प्राथमिकता हो। क्लासिक टेकको यो अफरले उपभोक्तालाई मूल्यमा राहत दिने मात्र होइन, इन्टरनेट सेवा प्रदायकबीच स्वस्थ प्रतिस्पर्धा बढाउने सम्भावना पनि बोकेको छ।

तर, यस्ता अफरमा प्रष्टता र कार्यान्वयन महत्त्वपूर्ण हुन्छ। कम्पनीले दिएको सुविधा वास्तवमै गुणस्तरयुक्त सेवासहित पुग्छ कि पुग्दैन भन्ने प्रश्न उठ्छ। उपभोक्ताले सेवा प्रयोग गर्दा कुनै लुकेका शुल्क, न्यून गुणस्तर वा गुनासो सम्बोधनमा ढिलाइ भएमा यस्तो अफरले नकरात्मक प्रभाव पार्न सक्छ।


वाई फाई सिक्स राउटरको विशेषता र फाइदा:
– एउटै नेटवर्कमा धेरै डिभाइस जडान हुँदा पनि इन्टरनेट स्पीड नघट्ने ।
– ५० भन्दा बढी डिभाइस सपोर्ट गर्ने क्षमता भएकोले  घर वा अफिस दुवैका लागि उपयुक्त हुने।
– कम लेटेन्सी: गेमिङ, भिडियो स्ट्रिमिङ वा भिडियो कलमा ढिलाइ नहुने ।
– डबल ब्याण्ड सुविधा (2.4GHz र 5GHz): स्थिर र तेज इन्टरनेटको लागि उपयुक्त रहेको ।
– ब्याट्री बचत सुविधा (Target Wake Time): मोबाइल, ल्यापटप जस्ता डिभाइसहरूको ब्याट्री खपत  कम गर्ने ,जस्ता सुबिधा वाई फाई सिक्समा रहेको कम्पनीले बताएको छ।

यो अफर अन्य इन्टरनेट प्लानहरूमा पनि लागू हुनेछ, जसमा १०० ,२०० र ३०० Mbps सम्मका स्पीड अफरहरू समावेश छन्। त्यसैगरी, इन्टरनेट सँगै आइपी टि. भी सेवा पनि उपलब्ध छ, जहाँ मात्र रु २५० प्रति महिना मा स्मार्ट सेट–टप बक्स प्रयोग गरी विभिन्न च्यानलहरू हेर्न सकिनेछ। क्लासिक टेक सधैं प्रविधि र सेवामा अग्रणी रहँदै, ग्राहकहरूको आवश्यकता अनुसार उच्च स्पीड र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धमा अगाडि रहेको छ।

पभोक्ताको विश्वास जित्न कम्पनीले पारदर्शी योजना, गुणस्तर कायम गर्ने प्रतिबद्धता र गुनासो समाधानको सजिलो प्रणाली सुनिश्चित गर्न जरुरी छ। दशैँजस्तो चाडमा उपभोक्तालाई खुशी बनाउने उद्देश्य सफल बनाउन यस्ता अफरमा दीर्घकालीन विश्वास कायम गर्ने नीति अवलम्बन हुनुपर्छ।

यसरी हेर्दा, क्लासिक टेकको अफर सकारात्मक पहल भए पनि यसलाई प्रभावकारी र भरपर्दो बनाउन कम्पनी र नियामक निकाय दुवैको जिम्मेवारी बराबर महत्त्वपूर्ण देखिन्छ।

थप जानकारीको लागि सम्पर्क: 9709184147 वा कम्पनीको वेबसाइट www.classic.com.np

ads
ads
add
banner add

सम्बन्धित खबर