काठमाडौं
। बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मुस्तफा अहमदसहित तीन
जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा
दायर गरेको छ।
आयोगका
अनुसार सार्वजनिक पदमा रहँदा कानुन विपरीत कार्य गरी सरकारी रकम हिनामिना गरेको, नक्कली कागजात प्रयोग गरेको तथा अनियमित तरिकाले
भुक्तानी दिएको आरोप उनीहरूमाथि लगाइएको छ।
अख्तियारले
मुस्तफासँगै सम्बन्धित योजनामा संलग्न अन्य दुई जनालाई समेत प्रतिवादी बनाउँदै
बिगो, जरिवाना र कैद सजाय मागदाबी गरेको छ।
आर्थिक
वर्ष २०८०/८१ मा स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत बैरिया
प्रवेशद्वारदेखि नगरदाहासम्म सडक कालोपत्र गर्न खरिद ठेक्का लगाउँदा आपसी
मिलेमतोमा ठेक्का लुकाएर नजिकको मान्छेलाई ठेक्का दिएर उनीहरूले भ्रष्टाचार गरेको
आयोगको आरोप छ ।
गत
२५ चैत २०८० को बोलपत्र आह्वान भएको सूचना उक्त पत्रिकाको एक प्रतिमा मात्र
प्रकाशित गरेको, तर प्रेस काउन्सिलको अभिलेखमा राखिएको
उक्त दिनको पत्रिकाको हार्डकपी र पीडीएफ दुवैमा बोलपत्रको सूचना प्रकाशन नभएको
पाइएको अख्तियारको भनाइ छ ।
यस
प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता भएसँगै न्यायिक प्रक्रियामार्फत दोषीनिर्दोषीको
टुंगो लाग्ने अख्तियारले जनाएको छ।
गैरकानुनी लाभ वा हानि पुर्याइ भ्रष्टाचार गरेको आरोपमा आयोगले मुस्तफासहित नगरपालिकाका सहलेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक संजयकुमार साहविरुद्ध मुद्दा दायर गरेको हो ।