बिहि, १४ साउन २०८३ / July 30, 2026, Thursday
बिहि, १४ साउन २०८३
Advertisement
banner add

धनुषामा कर्फ्यु आदेश जारी, तोकिएको क्षेत्रमा भेला–जुलुस गर्न रोक

banner add
writter
बिहि, १४ साउन २०८३
(Shares)

जनकपुरधाम, साउन १४ — जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै तोकिएका क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयबमोजिम साउन १४ गते दिउँसो ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।

आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम तोकिएको क्षेत्रमा कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा गर्न तथा घेराउ गर्न नपाइने उल्लेख गरिएको छ। आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ।

प्रशासनले सार्वजनिक गरेको सूचनाअनुसार कर्फ्यु लागू हुने क्षेत्र चार किल्लाभित्र सीमित गरिएको छ। उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोकदेखि पश्चिम सिञ्जुरजोडा चोक हुँदै पूर्वतर्फ लक्ष्मीपुर बब्बासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एम.भ्यु. स्टिलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिकादेखि नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिञ्जुरजोडा–सोहनी–मणिमण्डप–नेपाल नर्सरी–इस्कोन–जनकपुर–दुःखमती पुल–बेला–कादरी मस्जिद क्षेत्रसम्म कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।

 जिल्ला प्रशासन कार्यालयले नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न अनुरोध गरेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर