सोम, ०४ जेठ २०८३ / May 18, 2026, Monday
सोम, ०४ जेठ २०८३
Advertisement
banner add

कंगोमा इबोलाको त्रास : ८० जनाको मृत्यु, २४६ शंकास्पद संक्रमित भेटिए

banner add
writter
आइत, ०३ जेठ २०८३
(Shares)

कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरसका कारण हालसम्म ८० जनाले ज्यान गुमाएका छन् भने २४६ वटा शंकास्पद सङ्क्रमणका घटना फेला परेका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यस अवस्थालाई विश्वव्यापी स्वास्थ्य संकटकालका रूपमा घोषणा गरेको भए पनि यसलाई अझै महामारीको स्तरमा नरहेको जनाएको छ।

कंगोका स्वास्थ्य मन्त्री स्यामुएल–रोजर कम्बाका अनुसार यस प्रकोपको पहिलो सङ्क्रमण एक नर्समा देखिएको अनुमान गरिएको छ। ती नर्सको गत अप्रिल २४ मा मृत्यु भएको थियो। हालसम्म गरिएको परीक्षणमा इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेनका ८ वटा सङ्क्रमण पुष्टि भएका छन्।

इबोला संक्रमण अहिले इटुरी प्रान्तका बुनिया, र्वाम्पारा तथा मोंगवालु क्षेत्रमा फैलिएको छ। सन् १९७६ मा पहिलो पटक कंगोमा देखिएको यो रोगको यो १७औँ प्रकोप हो।

इटुरी प्रान्तको राजधानी बुनियाका स्थानीय बासिन्दाले क्षेत्रमा डर र त्रासको वातावरण रहेको बताएका छन्। स्थानीय निवासी जीन मार्क असिम्वेका अनुसार पछिल्लो सातादेखि निरन्तर मृत्यु भइरहेका छन्। उनका अनुसार कतिपय दिनमा २ देखि ३ जनासम्मको अन्त्येष्टि गर्नुपर्ने अवस्था आएको छ।

स्थानीयवासीले सुरुआतमा रोगको प्रकृतिबारे स्पष्ट जानकारी नपाएको बताएका छन्। यद्यपि, बुनियाका बजार तथा सार्वजनिक स्थलहरूमा दैनिक गतिविधि भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्।

ads
ads
add
banner add

सम्बन्धित खबर