बिहि, १४ साउन २०८३ / July 30, 2026, Thursday
बिहि, १४ साउन २०८३
Advertisement
banner add

इरानको उत्तरी कुवेत आक्रमणमा एक नेपालीको मृत्यु

banner add
writter
बिहि, १४ साउन २०८३
(Shares)

काठमाडौं । इरानले बिहीबार बिहान उत्तरी कुवेतमा गरेको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै घटनामा एक नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान उत्तरी कुवेतमा गरिएको आक्रमणमा परी एकजना नेपाली नागरिकको निधन भएको दुःखद खबर प्राप्त भएको छ। घटनाको आधिकारिक पुष्टि तथा विस्तृत विवरण उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिइसकिएको छ।”

परराष्ट्र मन्त्रालयका अनुसार कुवेतका सम्बन्धित निकाय तथा सम्बद्ध कम्पनीसँग नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको छ। प्रारम्भिक जानकारीअनुसार मृत्यु हुने नेपाली चिनियाँ कम्पनीमा सवारी चालकका रूपमा कार्यरत थिए।

मन्त्रालयले घटनाबारे थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने जनाएको छ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर