काठमाडौं । पाकिस्तानमा गोली हानी एक टिकटक स्टारको हत्या गरिएको छ । टिकटकमा १३ लाखभन्दा बढी फलोअर्स भएकी २८ वर्षीया आयशा गिलमाना नामले पनि चिनिने शाम्सो बीबीको हत्या गरिएको हो ।
इस्लामाबादनजिकैको ट्याक्सिलामा उनीमाथि गोली प्रहार गरिएको थियो । घटना यही अगस्ट १४ मा भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।दुई अज्ञात व्यक्तिले आयशा र उनका भाइबहिनीहरू सवार कारमाथि अन्धाधुन्ध गोली चलाएका पिता फजल साहिबजादाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।