मङ्गल, २१ असोज २०८२ / October 7, 2025, Tuesday
मङ्गल, २१ असोज २०८२
Advertisement
banner add

सम्पादकीय- देशभर मनसुनी वायुको प्रभावमा सावाधानी अपनाऊँ

writter
शुक्र, १७ असोज २०८२
(Shares)

देशभर यतिबेला मनसुनी वायुको सक्रिय प्रभाव स्पष्ट देखिएको छ। केही दिनयता देशका अधिकांश भूभागमा निरन्तर वर्षा भइरहेको छ भने कतिपय स्थानमा मध्यमदेखि भारी वर्षा समेत भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी दिनहरूमा समेत मनसुनी गतिविधि कायम रहने अनुमान गरिएको छ।

काठमाडौँ । वर्षासँगै कृषिमा फाइदा पुग्ने भए पनि बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपत्तिका जोखिम उच्च हुने गर्दछ। विगत वर्षहरूमा देखिएको जस्तै यस वर्ष पनि तराईका जिल्लाहरूमा डुबान र पहाडी क्षेत्रमा पहिरोको सम्भावना बढेको छ। यसैकारण, सर्वसाधारणलाई सतर्क रहनु आवश्यक छ।

स्थानीय तह र विपद् व्यवस्थापन निकायहरूले सम्भावित क्षतिलाई न्यून पार्न अग्रिम तयारी, राहत सामग्री भण्डारण र उद्धार टोली सक्रिय बनाउन जरुरी देखिन्छ।

जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग र मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सरकार र सम्बन्धित निकायले आपतकालीन सूचना प्रभावकारी ढङ्गले सर्वसाधारणसम्म पु¥याउनु पनि महत्त्वपूर्ण छ। सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत समयमै चेतावनी सूचना पुर्‍याउन सकेमा मानवीय क्षति घटाउन सकिन्छ।

मनसुन हाम्रो कृषि र जलस्रोतका लागि वरदान भए पनि यसले ल्याउने चुनौतीलाई बेवास्ता गर्न मिल्दैन। सुरक्षा र सतर्कता नै यसको प्रभावलाई न्यून पार्ने उपाय हो।

ads

सम्बन्धित खबर