स्थानीय सरोकार/काठमाडौँ । डिजिटल प्रविधिको तीव्र विस्तारसँगै सामाजिक सञ्जाल अभिव्यक्ति र सिर्जनाको
प्रभावकारी माध्यम बनेको छ । यही सन्दर्भमा गोकर्णेश्वर नगरपालिकाले खुल्ला TikTok प्रतियोगिता घोषणा गर्नु समयानुकूल र सकारात्मक
पहल हो । यस प्रतियोगितामार्फत नगरपालिकाले स्थानीय प्रतिभा, सिर्जनशीलता र सूचना प्रवाहलाई प्रोत्साहन गर्ने
उद्देश्य राखेको देखिन्छ ।
रु
७५ हजार रुपैयाँसम्मको आकर्षक पुरस्कारको व्यवस्था गर्नुले युवापुस्ताको सहभागिता
बढाउने मात्र होइन, सामाजिक
सञ्जाललाई सकारात्मक र रचनात्मक प्रयोजनमा प्रयोग गर्न उत्प्रेरणा पनि दिन्छ ।
TikTok जस्तो लोकप्रिय माध्यममार्फत स्थानीय
संस्कृति, सम्पदा, विकासका गतिविधि, पर्यटन सम्भावना तथा सामाजिक सन्देशलाई व्यापक
रूपमा प्रचारप्रसार गर्न सकिने अवसर यो प्रतियोगिताले प्रदान गर्दछ ।
गोकर्णेश्वर
नगरपालिकाले नगरको पहिचान, कला र
प्रवर्द्धनलाई प्रवाह गर्न खुल्ला TikTok
प्रतियोगिता
आयोजना गरेको छ। प्रतियोगितामा जोकोही इच्छुक व्यक्ति सहभागी हुन सक्ने
नगरपालिकाले जनाएको छ।
नगरपालिकाको
जोरपाटी चोक नजिक वडा नं. ६ को कार्यालयसँगै निर्माण गरिएको नगरपालिकाको विभिन्न
चिनारी झल्काउने 3D Art तथा ‘जोर पाटी लेखिएको फल्टा समावेश गरी TikTok भिडियो बनाई पोस्ट गर्न सकिनेछ। उक्त
प्रतियोगितामार्फत नगरको सांस्कृतिक र भौतिक पहिचानलाई डिजिटल माध्यमबाट व्यापक
प्रचारप्रसार गर्ने लक्ष्य लिइएको नगरपालिकाको भनाइ छ।
प्रतियोगिताका विजेतालाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार प्रथम पुरस्कार: ७५ हजार रुपैयाँ, द्वितीय पुरस्कार: ४० हजार रुपैयाँ, तृतीय पुरस्कार: २५ हजार रुपैयाँ, चौथो पुरस्कार: १५ हजार रुपैयाँ, पाँचौँ पुरस्कार: १० हजार रुपैयाँ, छैटौँ पुरस्कार: ५ हजार रुपैयाँ प्रदान गरिनेछ।प्रतियोगितामा सहभागी हुन इच्छुकले मिति २०८२ पौष १० गतेदेखि पौष ३० गतेभित्र TikTok भिडियो पोस्ट गर्नुपर्नेछ। अन्तिम मितिपछि २० दिन अर्थात् माघ २० गते Likes र Views को आधारमा विजेता घोषणा गरिनेछ।
प्रतियोगिताका
शर्तअनुसार भिडियोमा सो स्थानको 3D Art र दुईवटा फल्टा
सहितको दृश्य अनिवार्य देखिनुपर्ने,
TikTok Video Boost गर्न नपाइने, विवरणमा #Gokarneshwor
ह्यासट्याग
प्रयोग गरी स्थानको वर्णन लेख्नुपर्ने उल्लेख गरिएको छ। साथै @dipakrisalofficial नामक TikTok
ID फलो गरी
पोस्ट गरिएको भिडियोको लिंक Dipak Risal
Official TikTok ID तथा WhatsApp नम्बर 9823278330 मा
पठाउनुपर्नेछ।
यस
अवसरमा नगर प्रमुख दीपककुमार रिसालले सामाजिक सञ्जाललाई सिर्जनात्मक र सकारात्मक
रूपमा प्रयोग गर्दै नगरको पहिचान प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको
बताउनुभयो। उहाँले भन्नुभयो,
“आजको डिजिटल युगमा TikTok जस्ता माध्यमले नगरको पहिचान विश्वभर चिनाउन ठूलो
भूमिका खेल्न सक्छ। युवाको सिर्जनशीलता र प्रविधिको प्रयोगमार्फत गोकर्णेश्वर
नगरपालिकालाई चिनाउने उद्देश्यले यो खुल्ला प्रतियोगिता ल्याइएको हो।”
नगर
प्रमुख रिसालले युवाहरूलाई सकारात्मक सन्देश फैलाउने र नगरको सुन्दरता उजागर गर्ने
खालका भिडियो निर्माण गर्न आग्रह गर्दै प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाउन
आह्वान गर्नुभयो।
यद्यपि, यस्ता प्रतियोगितामा सामग्रीको गुणस्तर, शालीनता र सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा
राखिनु अत्यावश्यक छ । बालबालिका तथा किशोर–किशोरी सहभागी हुन सक्ने भएकाले स्पष्ट
मापदण्ड, निष्पक्ष मूल्याङ्कन र सुरक्षित डिजिटल अभ्यास
सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व हो । केवल भाइरल हुने सामग्रीभन्दा पनि
सन्देशमूलक, रचनात्मक र समाजलाई सकारात्मक प्रभाव
पार्ने सामग्रीलाई प्रोत्साहन गरिनुपर्छ ।
समग्रमा, गोकर्णेश्वर नगरपालिकाको यो पहल डिजिटल युगअनुसार स्थानीय सरकारको सोच परिवर्तनको संकेत हो । यदि प्रतियोगिता पारदर्शी, समावेशी र जिम्मेवार ढङ्गले सञ्चालन गरियो भने यसले युवाको क्षमता उजागर गर्ने, नगरपालिकाको पहिचान बलियो बनाउने र सामाजिक सञ्जालको सदुपयोगको राम्रो उदाहरण स्थापित गर्नेछ ।