बिहि, ३१ वैशाख २०८३ / May 14, 2026, Thursday
बिहि, ३१ वैशाख २०८३
Advertisement
banner add

जेनजी आन्दोलनका घाइते मृतकको संख्या १४ पुग्यो

banner add
writter
सोम, २३ भदौ २०८२
(Shares)

काठमाडौँ, भदौ २३ गते। काठमाडौँमा भएको जेनजी आन्दोलनमा ठुलो मानवीय क्षति भएको छ। विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये नाै जनाको मृत्यु भएको छ।  

ट्रमा सेन्टरमा मात्रै छ जनाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो। सिभिल अस्पतालमा दुई, काठमाडौँ मेडिकल कलेजमा एक जना घाइतेको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या नाै पुगेको हो।   

ट्रमा सेन्टरका चिकित्सकका अनुसार २५ जनाभन्दा बढी घाइते आकस्मिक कक्षमा उपचाररत छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र लगातार शल्यक्रिया तथा उपचार भइरहेको छ। मेडिकल कलेजमा उपचारमा रहेका दुई जनाकाे अवस्था गम्भीर रहेको चिकित्सक नारायण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते थपिने क्रम चलिरहेको छ । 

ads
ads
add
banner add

सम्बन्धित खबर