बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

चोरी भएका सामान फिर्ता गर्न कालिका नगरपालिकाको अनुरोध

banner add
writter
मङ्गल, २१ असोज २०८२
(Shares)

स्थानीय सरोकार/चितवन । कालिका नगरपालिका  चितवन कार्यालयबाट चोरी भएका सामान फिर्ता गर्न नगरपालिकाले आग्रह गरेको छ । जेन-जी पुस्ताको आन्दोलनका क्रममा २४ गते कालिका नगरपालिका कार्यालयको भवनमा तोडफोड र आगजनी भएको थियो ।

सोही समयमा नगरपालिका कार्यालयमा रहेका विभिन्न सामानहरू चोरी तथा लुटपाट भएका थिए । नगरपालिकामा रहेका कम्प्युटर, ल्यापटप, ट्याव, प्रिन्टर, स्क्यानर, स्पिकर कुर्सी, टेवल लगायतका बिभिन्न सर-सामानहरू चोरी भएकाले फिर्ता गर्न भनिएको छ । नगरपालिकाको प्रशासनिक भवनमा आगो लागेका बेला चोरी गरिएका सामान फिर्ता गर्न प्रमुख प्रशासकीय अधिकृत देवीराज चौलागाई आग्रह गरेका छन् ।

नगरपालिका कार्यालयसहित फर्निचर, कम्प्युटर, कागजपत्र जलाइएको छ । नगरपालिकामा आगो लागेको समयमा राति केही स्थानियहरु कार्यालय भित्र प्रवेश गरेर उनीहरूले भेटाएको सर-सामानहरू चोरी गरेका छन् । चोरी भएका सामान फिर्ता गर्न नगरपालिकाले आग्रह गरेको हो ।

नगरपालिका कार्यालय खुल्ला भएसँगै चोरी भएका केही सामानसमेत फिर्ता आउन थालेका नगरपालिकाले बताएको छ । नगरपालिकाको कार्यालय र शाखाहरुका सर-सामानहरु पुर्ण जलेर नष्ट भएकाले अहिले सरसफाई गरिदै छ । सेवा सुचारु गर्न केहि दिन अझै लाग्ने देखिएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर