काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज हुने महत्वपूर्ण खेलमा नेपालले Scotland national cricket team विरुद्ध टस हार्दै पहिले बलिङ गर्ने भएको छ ।
स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । घरेलु टोली Nepal national cricket team ले अमेरिकाविरुद्ध जित निकालेको टोलीलाई नै निरन्तरता दिएको छ ।
अघिल्लो खेलमा डेब्यु गरेका युवा खेलाडी इसान पाण्डेले आज पनि पहिलो रोजाइमा स्थान बनाएका छन् । नेपालले लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ ।