काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार राति सम्पन्न भएकाे खेलमा लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेकाे हाे। साेही खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएकाे थियाे । जनकपुरका लागि संगिथ कोरेले अविजित ४५ रन जोड्दा मयान यादवले अविजित २७ रनको योगदान दिएका थिए ।
बलिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान २/२ विकेट लिएबका हुन्। जवाफमा १ सय ३३ रनको लक्ष्य लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्यो। लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले ३४ रन जोड्दा अष्ट्रेलियन खेलाडी डि आर्सी शर्टले ३० रनको योगदान दिए ।
विराटनगरका संगिथ कोरेले ३ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् । ८ टोली सहभागी प्रतियोगितामा सुदुरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किंग्स यसअघि नै प्लेअफमा पुगिसकेका हुन्। लुम्बिनीको शुक्रबारको जितसँगै चितवन राइनोज, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स समूह चरणबाटै बाहिरिएका छन्।
कर्णाली याक्स पनि यसअघि नैं समूह चरणबाट बाहिरिसकेको छ।