बुध, २३ वैशाख २०८३ / May 6, 2026, Wednesday
बुध, २३ वैशाख २०८३
Advertisement
banner add

‘ ‘मन भुलाउने बाटो चाहिन्न’ गीत सार्वजनिक

banner add
writter
बुध, २३ वैशाख २०८३
(Shares)

काठमाडौं । पल कुमार ‘कालु’को प्रस्तुति रहेको नयाँ नेपाली गीत ‘मन भुलाउने बाटो चाहिन्न’ सार्वजनिक भएको छ ।

प्रियंका बीसी र रोशन चापागाईंको स्वर रहेको यस गीतमा संगीत अभिषेक लम्सालले दिएका छन् भने शब्द सञ्जोग खड्काको रहेको छ । विष्णु पाण्डेले हुक लाइन तयार पारेका छन् ।

आरएम सुनारले एरेन्ज, मिक्स तथा मास्टरिङ गरेका यस गीतको छायांकन र सम्पादन पनि उनैले गरेका हुन् । अभिषेक लम्सालको निर्देशनमा तयार भएको यो गीत ‘Abishek Lamshal Official’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

आधुनिक शैलीमा निर्माण गरिएको गीतले प्रेम र भावनात्मक विषयवस्तु प्रस्तुत गरेको छ । सार्वजनिक भएसँगै गीतले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर