सोम, २५ साउन २०८३ / August 10, 2026, Monday
सोम, २५ साउन २०८३
Advertisement
banner add

आईजीपी दानबहादुर कार्कीको शब्द रहेको ‘सिक्का नोटैमा’ले पायो १० मिलियन भ्युज

banner add
writter
आइत, २४ साउन २०८३
(Shares)

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्द रचना रहेको चर्चित गीत ‘सिक्का नोटैमा’ले युट्युबमा १० मिलियनभन्दा बढी भ्युज प्राप्त गरेको छ।

गीतले १० मिलियन भ्युजको आँकडा पार गरेपछि गीतसँग सम्बन्धित सम्पूर्ण टिमले केक काटेर खुसीयाली मनाएको छ। गीतको सफलताले सिर्जनाकार, गायक–गायिका, कलाकार तथा प्राविधिक टिममा थप उत्साह र ऊर्जा थपिएको छ।

पछिल्लो समय दर्शक–श्रोतामाझ लोकप्रिय बन्दै गएको ‘सिक्का नोटैमा’मा आईजीपी कार्कीको शब्द रहेको छ। कार्कीले यसअघि पनि विभिन्न सामाजिक तथा मनोरञ्जनात्मक गीतका लागि शब्द रचना गरिसकेका छन्।

गीतले १० मिलियनभन्दा बढी भ्युज प्राप्त गर्नुले दर्शक–श्रोतामाझ यसको लोकप्रियता र आकर्षण बढ्दै गएको संकेत गरेको टिमको बुझाइ छ। यही अवसरमा गीतसँग आबद्ध सम्पूर्ण टिम एकै ठाउँमा भेला भएर केक काट्दै खुसी साटासाट गरेको हो।

गीतलाई माया, साथ र समर्थन दिने सम्पूर्ण दर्शक श्रोताप्रति आभार व्यक्त गर्दै टिमले आगामी दिनमा पनि यस्तै सिर्जनात्मक तथा मनोरञ्जनात्मक कार्यलाई निरन्तरता दिने जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर