शनि, १६ जेठ २०८३ / May 30, 2026, Saturday
शनि, १६ जेठ २०८३
Advertisement
banner add

‘पर्खाई’ म्युजिक भिडियो सार्वजनिक

banner add
writter
बुध, २३ वैशाख २०८३
(Shares)

काठमाडौं । नयाँ नेपाली म्युजिक भिडियो ‘पर्खाई’ सार्वजनिक भएको छ । निर्देशक अभिषेक लाम्शालको निर्देशनमा तयार गरिएको उक्त भिडियो सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गीतमा गायक दिलिप मानन्धर र सरिता सुनारको स्वर रहेको छ भने शब्द बिष्णु पाण्डेले लेखेका हुन्। संगीत अभिषेक लाम्शालको रहेको छ भने एरेन्जर आरम सुनार रहेका छन्।

भिडियोको छायांकन अभिषेक लाम्शालले नै गरेका हुन् भने सम्पादन नबिन बोहराले गरेका छन्। ‘पर्खाई’ म्युजिक भिडियो डिनपारी क्रिएशनमार्फत सार्वजनिक गरिएको हो।

प्रेम र प्रतीक्षाको भावमा आधारित यस गीत विभिन्न डिजिटल प्लेटफर्महरूमा समेत उपलब्ध रहेको छ। निर्माण टिमका अनुसार गीतले छोटो समयमै दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर