मङ्गल, ०९ असार २०८३ / June 23, 2026, Tuesday
मङ्गल, ०९ असार २०८३
Advertisement
banner add

सिन्धुपाल्चोकमा स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA) मा मेलम्ची उत्कृष्ट

banner add
writter
बुध, २५ भदौ २०८२
(Shares)

सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०८०⁄८१ को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन ( LISA ) को नतिजा सार्वजनिक गरेको छ । स्थानीय सरकार संस्थागत स्व–मूल्याङ्कन का आधारमा सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिका उत्कृष्ट भएको छ ।

शुक्रबार प्रकाशित नतिजा अनुसार सिन्धुपाल्चोक जिल्लाबाट ८८.२५ अंक सहित मेलम्ची नगरपालिका जिल्लाको उत्कृष्ट स्थानीय तह ठहरीएको छ । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षीक बजेट तथा योजना तर्जुमा, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायीक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन , सहकार्य र समन्वय शिर्षकमा हुने स्वमुल्याङ्कन मा उत्कृष्ट अंक प्राप्त गरी मेलम्ची नगरपालिका सिन्धुपाल्चोकमा प्रथम भएको हो ।

प्रत्येक विषयगत क्षेत्रका लागि निश्चित अंकभार तोकिएको छ । सेवा प्रवाह क्षेत्रलाई सबैभन्दा बढी १६ तथा सहकार्य तथा समन्वय क्षेत्रलाई सबैभन्दा कम ६ अंक राखिएको छ । यसैगरी अन्य विषयगत क्षेत्रहरू क्रमशः संगठन तथा प्रशासनलाई ९, शासकीय प्रबन्धलाई ८, वार्षिक बजेट तथा योजनालाई ११, वित्तीय तथा आर्थिक व्यवस्थापनलाई ११, न्यायिक कार्यसम्पादनलाई ७, भौतिक पूर्वाधारलाई १३, सामाजिक समावेशीकरणलाई १० र वातावरण तथा विपद् व्यवस्थापनलाई ९ गरी जम्मा १०० अंकभार रहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले भने यो स्वमुल्याङ्कन प्रकृयामा भाग लिने गरेको छैन । आफ्नो पालीकाले गरीरहेको दिर्घरोगीलाई निशुल्क औषधी वितरण, निशुल्क एम्बुलेन्स सेवा, निशुल्क शिक्षा जस्ता विषय सुचकको रुपमा समावेश नभएको भन्दै हेलम्बु गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कनमा सहभागी हुने गरेको छैन ।

स्थानीय तहको समावेशी विकास र शासन प्रक्रियामा समुदाय र नागरिकको सहभागिता सुनिश्चित गर्दै प्रतिबद्ध एवम् सक्षम नेतृत्व विकासले स्थानीय सेवाको गुणस्तरीय वितरण, अर्थपूर्ण र समावेशी सहभागिता, उत्तरदायित्व, जबाफदेहिता, पारदर्शिता, मितव्ययिता र न्यायिक अभ्यासको कार्य संस्थागत हुँदै गइरहेको छ । 

संस्थागत स्वमूल्याङ्कनले स्थानीय तहको संस्थागत, कानुनी, राजनीतिक र आर्थिक पक्षहरूको विकास क्रम के कस्तो अवस्थामा रहेको छ भन्ने जानकारी दिनुका साथै स्थानीय तहको सबल पक्ष, कमजोर पक्ष, समस्याग्रस्त क्षेत्र, सुधार गर्नु पर्ने पक्ष, चुनौती र अवसरहरूको पहिचान गरी स्थानीय तहलाई सबल र समृद्ध बनाउन तथा क्षमता अभिवृद्धिका लागि रणनीतिक कार्य योजना तयार गरी कार्यान्वयन गर्न मद्दत पुर्‍याउँछ ।

ads
ads
add
banner add

सम्बन्धित खबर