वनरझुला गाउँबाट केही दिनअघि बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी
छन् । स्थानीय वीरेन्द्र रायकी पत्नी अनितादेवी रायको
शव बुधबार सोही वडाको ‘नौ किलोमिटर’ क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।
उनका पति वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन् ।
प्रहरीका अनुसार
कोशी नदी किनारमा सडेगलेको अवस्थामा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय
सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार मृतकको हातखुट्टा बाँधिएको
देखिएकाले हत्या भएको आशंका गरिएको छ । प्रारम्भिक अनुसन्धानमा ढुंगाले प्रहार गरी
हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
अनिता गत बुधबार रातिदेखि
घरबाट सम्पर्कविहीन भएकी थिइन् । सो रात गाउँमा विवाह कार्यक्रम रहेकाले अधिकांश
स्थानीय जन्तीमा सहभागी भएको परिवारले जनाएको छ । घटनाको समयमा उनी घरमा एक्लै
रहेको बताइएको छ ।
प्रहरीले उनको
घरको आँगनमा रगतसमेत फेला परेको जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान जारी
रहेको प्रहरीले जनाएको छ ।
मृतक अनिताका दुई
छोरी रहेका छन् । जेठी छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी १३ वर्षकी रहेको
बताइएको छ ।